Loading...
Logo
Image

धुलिखेल अस्पतालमा एक महिलाको मृत्यु पछि आकस्मिक कक्ष सिल गरियो

काठमाडौं, जेठ ३ गते शनिबार । कोरोना आशंकामा अस्पताल ल्याइएकी एक महिलाको मृत्यु भएपछि धुलिखेल अस्पतालको आकस्मिक कक्ष सिल गरिएको छ ।

सिन्धुपाल्चोक बाह्रबिसेकी ती महिलालाई हिजो अस्पताल ल्याउने बित्तकै उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । अस्पताल ल्याउदा उच्च ज्वरो आएको ती महिलाको आरडीटी पोजिटिभ देखिएको छ । तर पीसीआर रिपोर्ट आउन बाँकी छ । कोरोना भाइरस हो होइन पुष्टि हुन बाँकी रहेको अस्पताल स्रोतले जनाएको छ 
काठमाडौंको टिचिङ अस्पतालमा ९ दिन अगाडि उनी सुत्केरी भएर घर गएकी थिइन् ।

Comments

KATHMANDU WEATHER