Loading...
Logo
Image

कोरोना पोजेटिभ महिलाको मृत्यु पछि स्वास्थ्य मन्त्रालयले अध्ययन थाल्यो

काठमाडौं, जेठ  ३ गते शनिबार । कोरोना भाईरस संक्रमित महिलाको मृत्यु भएपछि स्वाथ्य तथा जनसङ्ख्या मन्त्रालयको टोली धुलिखेल अस्पताल पुगेको छ । संक्रमणबाट मृत्यु भएको यो पहिलो केस भएकोले सत्य तथ्य बुझ्न मन्त्रालयको टोली धुलिखेल पुगेको हो ।

उच्च ज्वरो आएपछि धुलेखल अस्पतला ल्याइएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो ।

उनको पीसीआर र आरडीटी दुबै रिपोर्ट पोजिटिभ आएको थियो। थप परीक्षणका लागि ती महिलाको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु ल्याइएको छ । टेकुको रिपोर्ट भने आउन बाँकी छ ।

Comments

KATHMANDU WEATHER