- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं,जेठ ४ गते आइतबार । सरकारले लकडाउनलाई खुकुलो बनाएसँगै आइतबारबाट उपत्यकामा सवारी साधन चलाउन समय तोकिएको छ । उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारी, सबै प्रहरी प्रमुख, ट्राफिक महाशाखाका प्रमुख, उद्योग व्यवासायका प्रतिनिधि लगाएतका सरोकारवाला निकायहरुबीच भएको छलफलले सवारी चलाउन समय तोक्ने निर्णय भएको बुझिएको छ ।
ट्राफिक कार्यालयका अनुसार ‘टाइम कार्ड भनेर नबुझ्न आग्रह गर्दै टाइमिङ तोकिएको बताएको छ । साथै ट्राफिक व्यवस्थापनका लागि टाइमिङ तोकिए पनि सवारी पास अनिवार्य भएको पनि सो कार्यालयले जानकारी दिएको छ । यस विषयमा थप प्रष्ट पार्दै कार्यालय प्रमुख भीम ढकालले भने–‘टाइमिङ तोकियो भनेर सबै सवारी साधन चल्न पाउने भन्ने होइन, सरकारले तोकेका एक तिहाई कर्मचारी र अन्य पास भएका सवारी साधन मात्र चल्न पाउने छन् ।’
सो कार्यालयका जसअनुसार निर्माण सामग्री बोकेका ठुला सवारी साधन (पास सहितका) बेलुकी ८ बजेदेखि विहान ६ बजेसम्म मात्र उपत्यका छिर्न पाउने छन् । त्यस्तै सरकारले भनेअनुसार एक तिहाई कर्मचारीको हकमा बिहान ९ बजेदेखि १० बजेसम्म (अफिसले दिएको पत्र सहित) अफिस पुगि सक्नु पर्ने छ । र उनीहरुलाई फर्कने सवालमा भने फरक समय तोकिएको छ । त्यस्तै बैंक तथा वित्तिय संस्थाका कर्मचारी ३ः३० देखि ५ बजेसम्म घर फर्कि सक्नु पर्ने छ भने, अन्य कर्मचारी भने बेलुकी ५ बजेदेखि ६ बजेसम्म घर फर्किनु पर्ने छ ।
त्यसैगरी सामान्यतया अत्यावश्यक सामग्री बोकेका सवारी साधन विहान ६ बजे देखि १० बजेसम्ममात्र चल्न पाउने छन् । अन्य सवारी साधन जोसँग पास छ, त्यस्ता सवारी पनि खास प्रयोजन विना गुडेको खण्डमा होल्ड हुनेछ । ‘भक्तपुरको सवारी पास लिएको छ, काठमाडौंमा गुडेको छ भने हामीले त्यस्तो सवारी साधनलाई होल्ड हुने बताएको छ । त्यस्तै सो कार्यालयले जोड दिंदै भनेको छ, एक दिनको लागि पास लगिएको छ अर्को दिन चलेको छ भने पनि सवारी साधन होल्ड हुन्छ ।’ र ‘सरकारद्वारा खुल्ला गर्ने भनिएका ४२ प्रकारका उद्योगहरुको सवारी साधनका हकमा पनि यही नियम लागु हुने बताएको छ ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments