- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
सरोज आचार्य
काठमाडौँ, जेठ ५ गते सोमबार । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण मृत्यु भएका सिन्धुपाल्चोककी प्रसूति महिलाको शव शनिबार साँझ विद्युतीय शवदाह यन्त्रबाट शवदाह गरिएको छ । शवदाह गृहलाई पुनः सञ्चालन गर्न योग्य हुनेगरी निर्मलीकरण नहुन्जेलसम्म यन्त्रबाट हुने शवदाह सेवा बन्द गरिएको शवदाह गृहका प्रशासकीय अधिकृत कुमार थापामगरले जानकारी दिए ।
पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाका अनुसार शवदाहमा संलग्न कर्मचारी तथा मजदुरले यहाँ काम गर्न मानिरहेका छैनन् । शवदाह गृहका लागि शवदाह गर्ने विशेष टोली नै खटाउनुपर्ने विषयमा कोषमा छलफल गरिएको छ ।
कोषाध्यक्ष थापाका अनुसार कोरोना भाइरसलाई लक्षित गरेर अर्थ मन्त्रालयले दुुई शवदाह यन्त्र थपका लागि १५ करोड २० लाख रुपियाँ बजेट निकासा गरेको छ । भाइरस सङ्क्रमणयुक्त शवदाह गर्दा अपनाउनुपर्ने पूर्वतयारी र यसका लागि आवश्यक रसायन उपकरण तथा शवदाहपछि शवदाह गृहलाई निर्मलीकरण गरिने प्रक्रिया कोषले थालेको छ । ‘‘निर्मलीकरण सकिएपछि मात्र यन्त्र चालु हुन्छ,’’ डा. थापालेे भने ।
उनका अनुुसार कोरोना सङ्क्रमितको शनिबार यन्त्रमा शवदाह भएपछि गृहका सबै कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको छ । हाल चालु दुई यन्त्रमा आलोपालो गरी दैनिक आठ शवदाह हुँदै आएको थियो । दाउरातर्फका ११ चिता भने चालु छ । यहाँ शव जलाउने मजदुरलाई कोभिड–१९ को सङ्क्रमणबाट बच्ने पर्याप्त साधन नभएको गुनासो मजदुरको छ । शव जलाउन ४१ मजदुर कार्यरत छन् । दाहसंस्कार र काजकिरियाका लागि सामान उपलब्ध गराउने पशुपति सहकारी संस्थाका प्रमुख शरद वैद्यले कामदारलाई सुरक्षात्मक साधन नभएर के गर्ने के नगर्ने अन्योल र चिन्ता भएको बताए ।
चितातर्फ बन्दाबन्दी अघिसम्म दैनिक २० को हाराहारीमा शव जलाइँदै आएकोमा अहिले छ–सात शवमात्र जल्ने गरेको छ । आशौच बारेकाको कपाल मुन्डन गर्ने परम्पराका नापित हजाम, किरियापुत्रीका रूपमा काम गर्ने भाँडाका ब्राह्मण र पछि लाग्ने डोले, टपरी व्यवस्था गर्ने टपरेलगायतका कामदार माथि निगरानी बढाइएको कोषले जनाएको छ ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments