Loading...
Logo
Image

दुई पांग्रे सवारी चलाउन रोक लगाइयो

काठमाडौं, जेठ  ५ गते  सोमबार ।  ललितपुरको महांकाल गाउँपालिकाले दुई पाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । जेठ १० गतेसम्मका लागि रोक लगाइएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकामा कोरोना संक्रमणको जोखिम बढ्न नदिन सूचना जारी गरी उक्त कुराको जानकारी गराएको छ ।

गाउँपालिकाले दैनिक बिक्रीवितरणका लागि बजार जाने तरकारी तथा दूधका साथै अन्य दुईदेखि चार दुईपाङ्ग्रे सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको उल्लेख गरिएको छ । पसल भने बिहान ६ देखि दिउँसो ११ बजेसम्म खुल्न पाउने र होटल पूर्णरुपमा बन्द गर्न आग्रह गरिएको छ ।

Comments

KATHMANDU WEATHER