- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
कैलाली, जेठ ५ गते सोमबार । धनगढीमा नुनसहित खाद्यान्न बोकेको मिनिट्रकबाट एक लाख रुपियाँ बढीको मदिरा प्रहरीले आज बरामद गरेको छ ।
धनगढी उपमहानगरपालिका–४ अस्थायी प्रहरी पोष्ट, चटकपुरबाट प्रहरी सहायक निरीक्षक गजेन्द्रबहादुर चन्दको कमाण्डमा खटिइएको प्रहरी टोलीले गोदावरी नगरपालिका–४ का नरेन्द्रसिंह महराले चलाइराखेको से १ ख २०१० नम्बरको मिनिट्रकमा जाँचका क्रममा एक लाख १५ हजार ९२५ रुपियाँ बराबरको १२६ पेटी रोज नामक मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।
धनगढीबाट अत्तरियातर्फ गइरहेको अवस्थामा ट्रकलाई रोकी जाँच गर्दा मदिरा लुकाईछिपाई राखेको अवस्थामा बरामद गरिएको बताइएको छ ।
ट्रकसहित चालकलाई नियन्त्रणमा लिई गाडी र मदिरा धनी धनगढी–१३ का दिनेश पन्तलाई समेत पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए। बरामद मदिरा आवश्यक कानूनी कारबाहीका लागि आन्तरिक राजस्व कार्यालयमा बुझाइने जनाइएको छ ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments