Loading...
Logo
Image

अब आफैले कोरोना परिक्षण गर्न पाईने

काठमाडौं, जेठ ६ गते मंगलबार । अब आफुलाई कोरोना परिक्षण गराउन मन लागे केहि लक्षण नदेखिए पनि शूल्क तिरेर पीसीआर परीक्षण गर्न पाइने भएको छ । स्वइच्छाले पीसीआर परीक्षण गर्न चाहाने व्यक्तिले सार्वजनिक स्वास्थ्य संस्थामा तोकिएको दररेटमा परीक्षण गराउने नीतिगत व्यवस्था गरिएको हो ।

परीक्षणको दायरा बढाउने क्रममा तोकिएको मापदण्ड र सूचनाको गोपनियता तथा नियमति रिपोर्टिङ गर्ने शर्त अनिवार्य पालना गर्ने गरी लक्षण नभएका आरडीटी पिसिआर स्वइच्छाले गर्न चाहेन स्वेदशी तथा विदेशी नागरिकलाई तोकिएको सार्वजनिक स्वास्थ्य संस्थामार्फत तोकिएको दररेटमा परीक्षण गराउन दिने व्यवस्था गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता विकास देबकोटाले बताए ।

परीक्षणको दररेट भने सार्वजनिक स्वास्थ्य संस्थाले तोक्ने पनि बताए । 'तोकिएको शुल्कमा परीक्षण शशुल्क गराउने नीतिगत निर्णय भएको छ' उनले भने 'यसले पीसीआर विधिबाट गरिने परीक्षणको दायरा बढ्ने छ ।'

Comments

KATHMANDU WEATHER