Loading...
Logo
Image

कोरोना के हो ? कसरी सर्छ कोरोना

काठमाडौं, जेठ ७ गते बुधबार । कोभिड १९ एउटा रोग हो, जो strain या corona virus बाट लाग्छ । कोभिड–१९ को पुरारुप यसप्रकार छ CO भन्नाले corona, VI भन्नाले virus, D भन्नाले disease र 19 भन्नाले पहिलो पटक महामारीको रुपमा फैलिएको र देखिएको सन् २०१९ मा । यो जीवाणु फोक्सोको Bronchial tubes र Alveoli लाई damage (संक्रमित गर्छ) यसलाई Acute Severe Respiratory Virus पनि भन्ने गरिन्छ ।

अहिलेसम्म अध्ययनअनुसार एक संक्रमितबाट अर्को निरोगी व्यक्तिको करिब ४ फिट नजिक सम्पर्कमा आउँदा सर्ने गर्छ । साथै, खोक्दा, जथाभावी खकार फाल्दा, शरीरको र्याल, प्रयोग गरेका कपडा, असुरक्षित स्थान, भीडभाड, व्यक्तिगत सरसफाइ कमी, सडेगलेको खाद्यान्न, माछामासु, फलफूल इत्यादिबाट पनि सर्छ । चिनियाँ वैज्ञानिकका अनुसार यो भाइरस जनावरबाट विकसित भएर मानव जातिमा क्रान्ति गरेको दाबी छ तर कुनै प्रमाण अहिलेसम्म भेटिएको छैन । त्यही भएर वैज्ञानिकले अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै माछामासु सेवन नगर्न तथा जनावरबाट सतर्क रहन पनि अनुरोध गरेका छन् ।

कोभिड–१९ ले मानव जातिको कुन कुन अंगमा आक्रमण तथा खतरा गर्छ ?

विशेष गरी यो भाइरस सीधै मानव शरीरको फोक्सोको Bronchial tubes मा घाउ बनाउँछ । विस्तारै २०२८ दिनपछि Alveoli / Lungs sacs बिग्रिन जान्छ जसले गर्दा बिरामीलाई श्वास फेर्न र श्वास लिन एकदम कठिनाइ हुने हुँदा शरीर र मस्तिष्कमा अक्सिजनको कमी हुँदै जाँदा १०४ डिग्रीसम्म ज्वरोसमेत हुने भएकाले बिरामी क्रिटिकल फेजमा गई निधनसमेत हुन जान्छ ।

कोभिड–१९ ले विश्वमा कसरी क्रान्ति गरिरहेको छ ?

हामीले ले बुझ्नुपर्छ भने कोभिड–१९ एक जीवाणु मात्र नभएर वल्र्ड बायोलोजिकल वार विश्व जीवाणु युद्ध पनि बुझ्न सकिन्छ । विश्व राष्ट्र संघमा सदस्य भएका १९३ राष्ट्रमा झण्डै ४५,३०,००० संक्रणमित, ३,१०,००० संक्रणमितको निधन भइसकेको छ । अझै संक्रमित हुने लगभग २ करोड ५० लाख पुग्ने अनुमान गरिएको छ भने मृत्यु हुने करिब १० लाख पुग्ने एक अध्ययनले देखाएको छ । फेबु्रअरीबाट विश्वको अर्थतन्त्रमा ४४.३६५ ह्रास भएको छ भने ५ लाखभन्दा बढी उद्योग, कारखाना, झण्डै ५१,५०० विश्वविद्यालय तथा विद्यालय बन्द छन् भने करिब ४ अर्ब मानिस ल्कडाउन मा सिकार भइरहेका छन् । अहिले मानव जातिमा विशेष गरी १०÷१८ मुनिका बालबालिका र ५५–६५ वर्ष वृद्धि हरूमा १३.५०५ ले डिप्रेसन देखिएको छ र गर्भवतीको संख्या दर २१.०१५ ले वृद्धि रहेको छ । यसरी विश्वको ल्कडाउन १ वर्षसम्म मात्र जाने हो भने अर्थतन्त्रमा करिब ७०÷८० प्रतिशतले कमी हुने जसले प्रत्येक्ष विकास निर्माणमा असर पार्नेछ साथै वायुमण्डलको हावा गरी एक करोड वर्षपहिलेको जस्तो स्वस्छ, निलो आकाश, स्वच्छ हावा, वायुमण्डलीय प्रदूषण गरिब १२.०४५ घट्दै जानेछ ।

के कोभिड–१९ को औषधि र भेक्सिन बन्छ त ?

अवश्य, विश्वका ८ सयभन्दा बढी अनुसन्धानकर्ता, वैज्ञानिकहरू रप्तारमा सक्रिय भएर प्रयोगशालामा रातदिन खटिरहेका छन् । अबको ८÷१४ महिनाभित्र औषधि तथा भेक्सिन पूर्णरूपमा प्रयोगमा आउने र विश्वका आममानवसम्म आइपुग्न गरिब २२ देखि २८ महिना लाग्ने विश्व स्वास्थ्य संगठन ध्ज्इ र नेशनल हेल्थ रिसर्च सेन्टर अमेरिकाले प्रतिबद्धता गरेको छ ।

वल्र्ड बायोलोजिकल वारमा कसरी एक जुट भई संकटबाट मुक्त हुन सकिन्छ ?

विश्वमा १९३ सदस्य भएका राष्ट्रहरू करिब ६ अर्ब ५० करोड मानव, खर्बौ जीवाणुहरूको एक विशाल घर पृथ्वी हो अनगिन्ती ग्रह तारा, आकाशगंगा मध्य एक मात्र हो पृथ्वी जहाँ मानव जातिको अस्तित्व रहेको छ । यो संकटमा सबै हातेमालो, एकजुट, हाम्रो पृथ्वीबाट कोभिड–१९ को अन्त्य गर्नुपर्छ नत्र मानव अस्तित्व नै समाप्त हुन सक्ने खतरा छ । सबै देश मिलेर आ–आफ्नो राष्ट्रमा कोभिड–१९ विरोध रोकथाम तथा निर्मूलीकरण गर्न सबै लाग्नुपर्छ । फ्रान्स, अमेरिका, बेलायत, चीन, इन्डिया र रुसले आफ्नो देशका नागरिकलाई भाइरसबाट बचाउ कसले पहिलो कोभिड–१९ को औषधि तथा भेक्सिन बनाउन सक्छ भनेर रातारात कठिन मिहिनेत गरिराखेका छन् भने दुःखद लाग्ने हाम्रो नेपाल देशमा देश बनाउन हिँडेका नेता कुर्सी र सत्ताको रातादिन तानातान गरिरहेका छन् । जनता भोकभोकै तड्पिँदै छन्, सरकार मौन छ, गल्ती कसको ?

के नेपाल सरकारले कोभिड–१९ सँग कसरी लड्न सक्छ ?

धेरै विकल्प छन् जसमध्ये सरकारले भाइरोलोजिस्ट, इपिडिमोलोजिस्ट, ल्याब्रोलोजिस्ट, आयुर्वेदिक बिज्ञ र अनुसन्धानकर्ता तथा वैज्ञानिकलाई समावेश गरी तत्कालका लागि एउटा अनुसन्धान केन्द्र स्थापना गरी कोभिड–१९ बारे गम्भीर भएर अनुसन्धान गराउन लगाउनुपर्छ । अथवा नेपाल हेल्थ रिसर्च परिषद् तथा सरुवा रोग टेकु र अन्य औषधि उत्पादन कम्पनीसँग सहकार्य गरी कोभिड–१९ को औषधि तथा भेक्सिन विकास गर्न सकिन्छ ।

नेपालको झण्डै २,८०,००,००० सम्पूर्ण मानिसमा कोभिड–१९ परीक्षण गराउनुपर्छ सबै विदेशबाट आउने नाका सिल गरी, कोभिड–१९ देखिएकाहरूलाई हिमाली भागमा अस्पताल बनाएर त्यहाँ थप परीक्षण तथा उपचार गराउनुपर्छ । त्यसपछि नेपालभित्र नाका लकडाउन खुली राज्य आफ्ना गतिविधि तीव्र गतिमा लाग्नुपर्छ ।


युवा बैज्ञानिक, अन्तर्राष्ट्रिय युवा वैज्ञानिक अवार्ड स.न. २०१३ पेरिस फ्रान्स (कर्णालीको पहिलो ‘राष्ट्रिय युवा प्रतिभा पुरस्कार तथा सम्मानित, नेपाल सरकार २०१७)

स्रोत: Jana aastha

Comments

KATHMANDU WEATHER