Loading...
Logo
Image

सिडिओले रक्सी खाने, तास खेल्ने साथीलाई पास बाँडे

काठमाडौं,जेठ ७ गते बुधबार । नेकपाका सांसद रामनारायण विडारीले लकडाउनको समयमा जथाभावी पास बांडेेर कोरोना संक्रमण बढाउन प्रमुख जिल्ला अधिकारीको पनि हात रहेको बताएका छन् ।

राष्ट्रिय सभामा बोल्दै सांसद विडारीले सिडियोहरुले आफ्ना तास खेल्ने, रक्सी खाने साथीलाई पनि लकडाउनमा पास वितरण गरेको आरोप लगाएका छन् । 

उनले सरकारले कृषि उत्पादनलाई बजारसम्म पुग्न व्यवस्था गर्नुपर्ने बताए । किसानलाई तरकारी बजारमा पुर्याउन गाडीको पास नदिने तर तास खेल्ने, सक्सी खाने, टोलका दुई चार हजार भएका गुण्डालाई पनि पास बाँडेको उनले आरोप लगाए । 

Comments

KATHMANDU WEATHER