- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौँ, जेठ ८ गते बिहीबार । महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) र जवानमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि बुधबार बिहानदेखि कालिमाटीक्षेत्र सिल गरिएको छ ।
त्यस्तै, मैतिदेवी बस्दैआएका जुम्ल्याहा दाजुभाइमध्ये एकजनामा कोरोना सङ्क्रमण देखिएपछि सो क्षेत्र पनि सिल गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार, कालिमाटी वृत्त परिसरमा रहेका महानगरीय ट्राफिक प्रहरी र महिला सेलको कार्यालय पनि सिल गरिएका छन् ।
परिसर प्रमुख श्याम ज्ञवालीले प्रहरी कर्मचारी तथा सर्वसाधारणको स्वास्थ्य सुरक्षा तथा सतर्कताका लागि कार्यालय आसपासको क्षेत्रमा आवतजावत समेत रोक लगाइएको बताए । मैतिदेवीमा पनि केही दिनका लागि आवतजावतमा रोक लगाइएको छ ।
प्रहरी कार्यालयको मुख्य प्रवेशद्वारमा ताला लगाइएको छ । त्यहाँ कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई कार्यालयभित्र सामाजिक दूरी कायम राखी स्वास्थ्य सतर्कता अपनाई उच्च मनोबलका साथ आरामले बस्न आग्रह गरिएको छ ।
उनले भने 'कालिमाटी प्रहरी वृत्तको क्षेत्रमा आवश्यक शान्ति सुरक्षाका लागि जनसेवा, स्वयम्भू र कीर्तिपुरबाट थप सुरक्षा टोली परिचालन गरिएको छ । बिहीबारसम्ममा आरटी–पिसिआर परीक्षण हुन्छ होला त्यसपछिको अवस्था के हुन्छ रिपोर्ट आएपछि थाहा हुन्छ ।'
करिब २५० जना सुरक्षाकर्मी कार्यरत कालीमाटी प्रहरी हिरासतमा रहेका एकजना थुनुवालाई बिहानै रिहा गरिएको छ । सङ्क्रमितहरूको बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचार भइरहेको छ ।
कालीमाटी तरकारी तथा फलफूल बजारबाट सरेको अनुमान
सङ्क्रमित सईले लक्षण नै नदेखिई आफूलाई कोरोना पुष्टि भएकाे बताए । कालिमाटी तरकारी बजारको भिडभाडबाट कोरोना सरेको अनुमान गरिएको उनले बताए । नियमित कोठा गइरहने भएकाले बानेश्वरस्थित आफ्नो परिवारसमेत जोखिम रहेको उनले बताए ।
केही दिन कालिमाटी तथा बल्खुलगायतका तरकारी बजारमा सर्वसाधारणको बाक्लो भिड लाग्नुका साथै भारतबाट समेत तरकारी र फुलफूलका गाडी भित्रिन थालेपछि प्रहरीलाई सुरक्षा व्यवस्था र सामाजिक दूरी कायम गराउन धौधौ परेको थियो ।
ती सईले भने, 'मलाई डिउटीकै क्रममा कोरोना सङ्क्रमण भएको हो । अर्का प्रहरी जवानमा भने कसरी सङ्क्रमण देखियो स्वयम् उनी नै अन्यौलमा छन् ।' मुद्धा शाखामा कार्यरत ती जवानमा पनि भिडबाट नै कोरोना सरेको अनुमान गरिएको छ ।
उपत्यकामा १९ जना सङ्क्रमित
काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितहरूको सङ्ख्या १९ पुगेको छ । बन्दाबन्दीको बिचमा पनि तराईका विभिन्न जिल्लाबाट उपत्यकामा प्रवेश गर्नेहरूको सङ्ख्या बढेसँगै सङ्क्रमितको सङ्ख्या पनि बढेको दावी स्थानीय जनप्रतिनिधिहरूको छ ।
महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका अनुसार, काठमाडौंँमा १२, भक्तपुरमा पाँच र ललितपुरमा दुईजना कोरोना सङ्क्रमित फेला परेका छन् । काठमाडौँमा फेला परेकामध्ये चारजना उपचारपछि निको भएर यसअघि नै घर फर्किएका छन् ।
कोरोना सङ्क्रमित सुरक्षाकर्मीको सङ्ख्या ११
कोभिड–१९ रोकथाम तथा नियन्त्रणको अगुवाई गर्दै आएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको गरी ११ जना सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ ।
सेनाका उपरथीसहित दुई, प्रहरीको दुईजना प्रहरी नायव निरीक्षक सहित पाँच, सशस्त्र प्रहरीको तीन र राष्ट्रिय अनुसन्धान विभागको एक गरी ११ जना सुरक्षाकर्मीमा कोरोना देखिएको हो ।
सङ्क्रमित सुरक्षाकर्मीमध्ये जनकपुरमा दुई, कपिलवस्तुमा चार, काठमाडौँमा चार र बारामा एकजना रहेका छन् । उपरथीसहित केही सुरक्षाकर्मीको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।
सशस्त्र प्रहरी अस्पतालका प्रवक्ता प्रहरी उपरीक्षक डा. प्रवीन नेपालका अनुसार, उपचारार्थ भर्ना भएका १४ जनामध्ये तीन महिला र एक बालक रहेका छन् । तीमध्ये पाँचजना सुरक्षाकर्मी रहेका छन् ।
सङ्क्रमित सबैको अवस्था सामान्य रहेको डा. नेपालले बताए । 'कोरोना भाइरसको जटिल लक्षण कसैमा देखिएको छैन, नियमित योग र व्यायाम गराउने कार्य भइरहेको छ,' उनले भने, 'सङ्क्रमित सबैको अवस्था सामान्य छ ।'
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments