Loading...
Logo
Image

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौँ, जेठ ८ गते बिहीबार । नेपालमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । रुपन्देहीमा १ जना र झापामा ८ जना कोरोना भाइरस संक्रमिण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकटाका अनुसार रुपन्देहीमा १ जना २७ वर्षीय पुरुष जो श्रीलंकन गेस्टहाउस क्वारेन्टाइन लुम्बिनिमा रहेका छन् । त्यसैगरी, झापामा ८ जना पुरुषहरू १७ वर्षीय १ जना, १८ वर्षीय २ जना, २० वर्षीय २ जना, २३, ५२ र ५५ वर्षीय रहेका छन् ।

उनीहरू सबै लक्ष्मी देवकोटा मावि क्वारेन्टाइनमा कचनकवल झापामा रहेका उनले बताए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४५३ पुगेको उनले बताए ।
 

Comments

KATHMANDU WEATHER