- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
सरकारले बैकल्पिक ब्यवस्था गरेर नयाँ शैक्षिकसत्र सुरु गर्ने तयारी गरेको छ । सरकारले पठनपाठनलाई निरन्तरता दिन भर्चुअल माध्यमबाट नयाँ शैक्षिकसत्र सुरु गर्ने तयारी गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै भर्चुअल क्लासकाे माध्यमबाट नयाँ शैक्षिकसत्र सुरु गरिने जानकारी गराएका हुन् ।
कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले लकडाउन लागू गरेपछि ठप्प रहेको शैक्षिक गतिविधिलाई पुन: सुचारु गर्नका लागि सरकारले यस्तो विधि अपनाउन तयारी गरेको उनको भनाइ छ । एसईई दिने विद्यार्थीलाई सिङ्गो शैक्षिकसत्र खेर जान नदिने उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले विद्यालयहरुमा नयाँ शैक्षिक वर्षको पठन पाठनको व्यवस्थासमेत मिलाइने बताउँदै भने, ‘आवश्यक नीतिगत व्यवस्थासहित मन्त्रालयले ‘भर्चुअल कक्षा’को समेत प्रयोग गरी सबै विद्यालयहरुमा नयाँ शैक्षिक बर्षअन्तर्गतको पठन/पाठन सञ्चालनको काम अघि बढाउनेछ ।’
लकडाउनका कारण लाखौँ विद्यार्थी अन्योलतामा रहेको सवालमा शिक्षा मन्त्रालयले भर्चुअल माध्यमबाट शैक्षिकसत्र सुरु गर्ने तयारी भइरहेको प्रधानमन्त्री ओलीले बताएका छन् । उनले एसईई सुरु गर्नुभन्दा २ दिनअघि स्थगित गरेको सवालमा उचित कदम चालिने पनि बताएका छन् । उनले भने, ‘आवश्यक नीतिगत व्यवस्थासहित मन्त्रालयले ‘भर्चुअल कक्षा’को समेत प्रयोग गरी सबै विद्यालयहरुमा नयाँ शैक्षिक बर्षअन्तर्गतको पठन/पाठन सञ्चालनको काम अघि बढाउनेछ ।’
-
-
-
11 months agoस्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक दरखास्त माग

Comments