- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
अनुशासन, गतिशीलता र विकास भन्ने नाराका साथ पाँचखाल नगरपालिकाको वडा नम्वर ११ मा बडादशैं कप फुटबल प्रतियोगितामा शुरु भएको छ ।
मानेस्वांरा यूवा समूहद्वारा आयोजित उक्त प्रतियोगिता काभ्रे जिल्लाको पाँचखाल नगरपालिकाको वडा नम्बर ११ मानेस्वांराको खेल मैदानमा एक कार्यक्रमका बिच आजबाट शुरु भएको हो । बडादशैं २०७८ को शुभकामना सहित शुरु भएको उक्त प्रतियोगिताको उद्घाटन पूर्व राज्यमन्त्री तथा नेकपा एमालेका नेता रेशमबहादुर लामाले गरेका थिए । खेलमा एन्फा रेफ्री प्रदिप बस्नेतलाई प्रमुख अतिथि लामाले फूटबल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरिएको हो ।
प्रतियोगिताको पहिलो खेल मानेस्वांरा युवा समुह ‘ए’ र प्रगतिशील युवा क्लब थुम्का बिच भएको थियो । आजको प्रतियोगितामा आयोजक मानेस्वांरा युवा समुह ‘ए’ ६–१ गोल अन्तरले बिजयी भएको छ। असोज १४ देखि २५ गतेसम्म सञ्चालन हुने उक्त खेलमा २५ टिमको सहभागीता रहेको छ ।
प्रतियोगितामा प्रथम पुरस्कार नगद ५० हजार रुपैयाँ, प्रमाणपत्र र मेडल, द्वितिय पुरस्कार नगद २५ हजार रुपैयाँ, प्रमाण पत्र र मेडलको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ । बडादशैं कप फुटबल प्रतियोगितालाई फार्म ग्रो को मुख्य प्रायोजन रहेको छ भने सह प्रयोजकको रुपमा नेपाल टेलिकम रहेको छ ।
-
-
3 years agoयसरी सुरु भएको थियो विश्वकप फुटबल
-
3 years agoविश्वकप विजेता भविश्यवाणी गर्ने अनौठा तरिकाहरू

Comments