Loading...
Logo
Image

पाँचखाल ११ मा बडादशैं कप फुटबल प्रतियोगिता शुरु

अनुशासन, गतिशीलता र विकास भन्ने नाराका साथ पाँचखाल नगरपालिकाको वडा नम्वर ११ मा बडादशैं कप फुटबल प्रतियोगितामा शुरु भएको छ ।

मानेस्वांरा यूवा समूहद्वारा आयोजित उक्त प्रतियोगिता काभ्रे जिल्लाको पाँचखाल नगरपालिकाको वडा नम्बर ११ मानेस्वांराको खेल मैदानमा एक कार्यक्रमका बिच आजबाट शुरु भएको हो । बडादशैं २०७८ को शुभकामना सहित शुरु भएको उक्त प्रतियोगिताको उद्घाटन पूर्व राज्यमन्त्री तथा नेकपा एमालेका नेता रेशमबहादुर लामाले गरेका थिए । खेलमा एन्फा रेफ्री प्रदिप बस्नेतलाई प्रमुख अतिथि लामाले फूटबल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरिएको हो ।

प्रतियोगिताको पहिलो खेल मानेस्वांरा युवा समुह ‘ए’ र प्रगतिशील युवा क्लब थुम्का बिच भएको थियो । आजको प्रतियोगितामा आयोजक मानेस्वांरा युवा समुह ‘ए’ ६–१ गोल अन्तरले बिजयी भएको छ। असोज १४ देखि २५ गतेसम्म सञ्चालन हुने उक्त खेलमा २५ टिमको सहभागीता रहेको छ । 

प्रतियोगितामा प्रथम पुरस्कार नगद ५० हजार रुपैयाँ, प्रमाणपत्र र मेडल, द्वितिय पुरस्कार नगद २५ हजार रुपैयाँ, प्रमाण पत्र र मेडलको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ । बडादशैं कप फुटबल प्रतियोगितालाई फार्म ग्रो को मुख्य प्रायोजन रहेको छ भने सह प्रयोजकको रुपमा नेपाल टेलिकम रहेको छ ।

 

Comments

KATHMANDU WEATHER