- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
बलिउड कलाकार तथा कवि अरुण वर्माकाे निधन भएको छ । भोपाल निवासी अरुण वर्माको पिपुल्स अस्पतालमा उपचार भइरहेको थियो । उनले बिहीबार बिहान अन्तिम सास लिए । भोपालले अमिताभ बच्चन, अक्षय कुमार, सलमान खान र सञ्जय दत्त लगायत थुप्रै चर्चित कलाकारसँग काम गरेका छन् ।
कवि उदय दाहियाले आफ्नो फेसबुक पेजमा सेयर गर्दै लेखेका छन्, ‘धेरै दु:खका साथ मेरा साथी अभिनेता अरुण वर्माको आज बिहान भोपालमा निधन भएको छ, भगवान्ले उहाँलाई आफ्नो चरणमा स्थान प्रदान गरून् ।'
उदय दहियाले अरुण वर्माले धेरै सिरियलमा पनि काम गरेको बताए । लामो समयदेखि बिरामी भएका कारण उनी भोपालमै बस्दै आएका थिए ।
अरुण वर्मा सलमान खानको 'किक'मा देखिएका थिए । अरुण प्रसिद्ध थिएटर कलाकार बाव कारन्थका शिष्य थिए । उनी लामो समयसम्म भारत भवनसँग आवद्ध थिए । बाव कारन्थबाट थिएटरको बारीकता सिकेपछि उनी मुम्बई सरे ।
जावेद अख्तरले उनलाई सन्नी डीलसँग फिल्म 'डकैत'मा स्क्रिन सेयर गर्ने मौका दिएका थिए । उनले हिना, खलनायक, प्रेम ग्रन्थ, नायक, मुझसे शादी करोगी, हिरोपन्ती लगायत ८० फिल्ममा अभिनय गरेका थिए ।
-
-
5 years agoभारतीय कोरियोग्राफर सरोज खानको निधन

Comments