Loading...
Logo
Image

बिमलको निर्णायक गोलले मौरिसस बिरुद्ध नेपालको जित

विमल घर्तिमगरको निर्णायक गोल सहित नेपाली फुटबल टोलीले मौरिसस बिरुद्ध जीत हासिल गरेको छ । काठमाडौंस्थित दशरथ रंगशालामा भएको मौरिसससँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपालले जित हात पारेको हो ।

 
आज भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मौरिससलाई १—० गोल अन्तरले पराजित गरेको हो ।
लामो समयपछि राष्ट्रिय टिममा कमब्याक गरेका स्ट्राइकर विमल घर्तीमगरले खेलको ५४औँ मिनेटमा गरेको निर्णायक गोलले नेपाली टिमलाई जित हात लागेको हो । सन् २०१९ नाेभेम्बरमा म्यानमार विरुद्ध पछिल्लाे पटक राष्ट्रिय टिममा खेलेका विमल प्रतिवन्ध र चाेटका कारण दुई वर्ष राष्ट्रिय टिम बाहिर थिए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफ सुरु भएपछि नेपालले आक्रामक खेल प्रस्तुत गरेको थियो । निर्धारित ९० मिनेटको खेल सकिएपछि थप भएको अतिरिक्त समयको तेस्रो मिनेटमा खेल सकिएको सिट्ठी बज्दा नेपाली दर्शकहरूले हुटिङ गरेर नेपाली खेलाडीको सम्मान गरेका थिए भने नेपाली खेलाडीहरू जितको खुशियालीमा रमाइरहेका थिए ।

नेपाल र मौरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल मंगलबार हुनेछ ।

Comments

KATHMANDU WEATHER