# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
विमल घर्तिमगरको निर्णायक गोल सहित नेपाली फुटबल टोलीले मौरिसस बिरुद्ध जीत हासिल गरेको छ । काठमाडौंस्थित दशरथ रंगशालामा भएको मौरिसससँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपालले जित हात पारेको हो ।
आज भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मौरिससलाई १—० गोल अन्तरले पराजित गरेको हो ।
लामो समयपछि राष्ट्रिय टिममा कमब्याक गरेका स्ट्राइकर विमल घर्तीमगरले खेलको ५४औँ मिनेटमा गरेको निर्णायक गोलले नेपाली टिमलाई जित हात लागेको हो । सन् २०१९ नाेभेम्बरमा म्यानमार विरुद्ध पछिल्लाे पटक राष्ट्रिय टिममा खेलेका विमल प्रतिवन्ध र चाेटका कारण दुई वर्ष राष्ट्रिय टिम बाहिर थिए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफ सुरु भएपछि नेपालले आक्रामक खेल प्रस्तुत गरेको थियो । निर्धारित ९० मिनेटको खेल सकिएपछि थप भएको अतिरिक्त समयको तेस्रो मिनेटमा खेल सकिएको सिट्ठी बज्दा नेपाली दर्शकहरूले हुटिङ गरेर नेपाली खेलाडीको सम्मान गरेका थिए भने नेपाली खेलाडीहरू जितको खुशियालीमा रमाइरहेका थिए ।
नेपाल र मौरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल मंगलबार हुनेछ ।
Featured News
-
-
3 years agoयसरी सुरु भएको थियो विश्वकप फुटबल
-
3 years agoविश्वकप विजेता भविश्यवाणी गर्ने अनौठा तरिकाहरू

Comments