- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
विश्वकप फुटबलको प्रत्यक्ष प्रशारणवापत शुल्क लिने मिडिया हबको निर्णयविरुद्ध जारी भएको अल्पकालीन अन्तरिम आदेश खारेज भएको छ। अब मिडिया हबले विश्वकप फुटबलको प्रत्यक्ष प्रशारणवापत पैसा उठाउने बाटो खुलेको छ।
यसअघि मिडिया हबले ग्राहकसँग विश्वकप प्रसारणका लागि ५ सय रुपैयाँ उठाउने निर्णय गरेपछि त्यस विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको हो।
बुधबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले यसअघि सर्वोच्चकै एकल इजलासले दिएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो । यसअघिको आदेश खारेज भएससँगै नेपाली टेलिभिजनले दर्शकसँग अतिरिक्त शुल्क लिएर फुटबल लाइभ देखाउन पाउने भएका छन् ।
बिश्वकप फुटवल निःशुल्क देखाउनुपर्ने जिकिर गर्दै दुई अधिवक्ताले दायर गरेको निवेदनमा न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले २२ कात्तिकमा विश्वकप प्रशारणको तयारीलाई यथास्थानमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
नेपालमा विश्वकप प्रसारणका लागि मिडिया हबले शुल्क बुझाएर फिफाबाट अनुमति पाएको थियो । आफूले तिरेको रकमको केही अंश दर्शकबाट उठाउने भन्दै उसले लाइभ हेर्नका लागि निश्चित शुल्क तोक्ने तयारी गरेको थियो । त्यसैबीचमा अदालतमा रिट परेको थियो ।
-
-
3 years agoयसरी सुरु भएको थियो विश्वकप फुटबल
-
3 years agoविश्वकप विजेता भविश्यवाणी गर्ने अनौठा तरिकाहरू

Comments