- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
भारतको पहिलो निजी रकेट ‘विक्रम एस’ आज लञ्च गरिँदै छ । हैदराबादको एक निजी स्टार्टअप कम्पनी स्काइरुटले बनाएको भारतको पहिलो निजी रकेट ‘विक्रम एस’ आज लञ्च गर्न लागिएको हो ।
यसलाई श्रीहरिकोटास्थित इसराेकाे लञ्चिङ केन्द्र सतीश धवन स्पेस सेन्टरबाट लञ्च गरिने भारतीय मिडियाले जनाएका छन् । याेसँगै भारतको अन्तरिक्ष प्रविधिको ममिलामा निजी रकेट कम्पनीको प्रवेशको सुरुवात हुने छ । निजी कम्पनीले पनि आफ्ना ठूलो रकेट लञ्च गर्नसक्ने देशको सूचीमा पनि भारत पर्ने छ । यसलाई ठूलै उपलब्धिका रूपमा हेरिएको बीबीसी हिन्दीले लेखेको छ ।
इसरोका संस्थापक डा. विक्रम साराभाईको सम्झनामा विक्रम एसको नाम दिइएको हो । विक्रम सिरिजमा तीन प्रकारका रकेट लञ्च गरिँदै छ, जसलाई छोटो आकारका स्याटेलाइट्स लैजाने गरी विकसित गरिएको छ ।
विक्रम- १ यो सिरिजको पहिलो रकेट हो । विक्रम- २ र ३ ले भारी वजनलाई पृथ्वीको तल्लो कक्षमा पुर्याउन सक्नेछन् ।
विक्रम एसले तीन स्याटेलाइटलाई पृथ्वीको अन्तिम कक्ष (अरबिट) मा पुर्याउन सक्छ । यी तीनमध्ये एक विदेशी कम्पनीको र बाँकी दुई भारतीय कम्पनीका उपग्रह हुन् । स्काइरुटले पहिल्यै भनिसकेको छ, मे २०२२ मा रकेटको सफल परीक्षण गरिएको छ । कम्पनीले आफ्नो यो मिसनको नाम ‘प्रारम्भ’ राखेको छ ।
स्काइरुटको विज्ञप्तिअनुसार, विक्रम एसको लञ्चिङ १२ देखि १६ नोभेम्बरको बीच हुनुपर्ने थियो तर खराब मौसमका कारण यसलाई १८ नोभेम्बरमा लञ्च गर्न लागिएको हो ।
-
-
-
11 months agoस्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक दरखास्त माग

Comments