Loading...
Logo
Image

मलेसियामा जारी अन्तर्राष्ट्रिय बक्सिङमा प्रबल, छिरिङ र सिंहवीरको कांस्य पदक पक्का

मलेसियाको पेनाङमा जारी ३४ औं अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा ५१ किलो तौल समूहमा नेपालका प्रबल उप्रेतिले सिंगापुरका डेनी चाओ इजेईजीलाई ५ : ० को युनानिमस डिसिजनको आधारमा पराजित गर्दै कांस्य पदक हासिल गरेका छन् ।

त्यसै गरी ५४ किलो तौल समूहमा नेपालका सिंहवीर लिम्बुले इन्डोनेसियाका मोहम्मद देनिस विन अब्दुल अजिजलाई आरएससीको आधारमा पराजित गर्दै कांस्य पदक पक्का गरेका छन् ।

पुरुष ५७ किलो तौल समूहमा नेपालका छिरिङ वाङ्दी शेर्पाले पनि ईन्डोनेसियाका प्रतिद्वन्द्वी फकीह आन्दरा नासुसोनलाई ५:० को युनानिमस डिसिजनको आधारमा पराजित गर्दै कम्तिमा कांस्य पदक पक्का गरेका छन् ।

त्यसैगरी ६३.५ किलो तौल समूहमा भने नेपालका रीजत गुरुङले ४ :१ को स्पिलिट डिसिजनमा भियतनामका मुक्केबाज मोहम्मद फरिजाद विन मोहम्मद तामिसीसँग पराजय भोग्नु पर्‍यो ।

Comments

KATHMANDU WEATHER