Loading...
Logo
Image

छैटौं संस्करणको प्रधानमन्त्री कप भैरहवा र काठमाडौंमा हुने

छैटौं संस्करणको प्रधानमन्त्री कप भैरहवा र काठमाडौंमा हुने भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले सोमबार रुपन्देही जिल्ला क्रिकेट संघलाई पत्राचार गर्दै प्रधानमन्त्री कपको ८ देखि १० खेल भैरहवामा गर्ने क्यानले जानकारी दिएको छ ।

क्रिकेटलाई काठमाडौं बाहिर लैजाने योजनाले पहिलो पटक प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको केही खेल भैरहवामा गर्न लागिएको क्यानका सचिव पारस खड्काले जानकारी दिएका छन् ।

‘अहिले धेरै क्रिकेट प्रतियोगिताहरु काठमाडौं केन्द्रित भइरहेका छन् । म आफैंले पनि बाहिर गएर प्रतियोगिताहरु हेरेँ । अब काठमाडौं बाहिर पनि प्रतियोगिता लैजाने योजना अनुसार हेर्दा भैरहवा उपयुक्त हुने देखियो ।’

Comments

KATHMANDU WEATHER