Loading...
Logo
Image

छैटौं तुल्सीलाल स्मृति बुद्धिचाल पुस २३ देखि २८ सम्म हुने

ललितपुर स्पोर्ट्स क्लब र नेपाल बुद्धिचाल महासंघको संयुक्त आयोजनामा छैटौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिता यही पुसको अन्तिम साता हुने भएको छ ।

आयोजकले शनिबार पत्रकार सम्मेलत गर्दै प्रतियोगिता यही पुस २३ देखि २८ सम्म ललितपुर च्यासलस्थित तुल्सीलाल प्रतिष्ठान हलमा हुने जानकारी गराइएको हो । प्रतियोगिता लिगकम नकआउट आधारमा हुनेछ ।

प्रतियोगिताको विजेताले पुरस्कार दुई लाख, उपविजेताले एक लाख २० हजार, तेस्रो हुने टिमले ६० हजार र चौथो हुने टिमले ४० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

Comments

KATHMANDU WEATHER