Loading...
Logo
Image

ग्लोबल आईएमई बैंकको सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर

ग्लोबल आईएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत 'मेरी उनीलाई स्वस्थ नारी पहल' अभियान सञ्चालन गरेको हो ।

बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशहरूमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो । शिविरमा स्त्रीरोग विशेषज्ञहरूले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरू– महिलाको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधि वितरणलगायतका सेवाहरू निःशुल्क रूपमा उपलब्ध गराइने बैंकले जनाएको छ । 

प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्ने र क्यान्सर रोग पत्ता लागेका महिलाहरूलाई 'स्वस्थ नारी पहल कार्यक्रम'को दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ ।

स्वास्थ्य शिविरबाट ग्रामीण तथा अर्धशहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिलाहरू लाभान्वित हुने र उनीहरूका निम्ति प्रभावकारी हुने विश्वास बैंकले लिएको छ । 

Comments