- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
जुम्लाका आठवटै स्थानीय तहका सामुदायिक विद्यालय जाडो बढेसँगै बन्द भएका छन् । जिल्लामा बढेको अत्यधिक चिसोले पुसको पहिलो सातादेखि फागुनसम्म पालिकाका सबै सामुदायिक विद्यालय बन्द गरिएको तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिए ।
सामुदायिक विद्यालय बन्द भएपछि कतिपय विद्यार्थी थप अध्ययन गर्नका लागि सदरमुकाम खलङ्गा बजारलगायत सुर्खेत गएका चन्दननाथ माध्यमिक विद्यालय कक्षा ११ मा अध्ययनरत विद्यार्थी विष्णु बुढाले बताए ।
जाडोले विद्यालय बन्द भएपछि सदरमुकाम खलङ्गा बजारमा कक्षा ११ को अङ्ग्रेजी विषयको ‘ट्युसन’ पढ्ने गरेको पातारासी गाउँपालिका–२ का विद्यार्थी विशाल ऐडीको भनाइ छ ।
आगामी फागुनको १ गतेदेखि विद्यालयमा पढाइ हुने भएको छ । बिदामा बसेका सबै शिक्षकलाई माघको अन्तिम साताभित्र उपस्थित हुन भनिएको सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।
चिसोले यहाँका स्थानीय तहले विद्यालय बन्द गरेपछि जिल्ला बाहिरका शिक्षक घर फर्कन थालेका छन् । कतिपय शिक्षकले बजारमा ट्युसन पढाउन थालेका तिला गाउँपालिका–१ मा रहेको सीता माध्यमिक विद्यालयका शिक्षक सुनम बुढाले बताए ।
कर्णाली प्राविधिक शिक्षालयले उच्च हिमाली भेगमा बढेको चिसोले जनजीवन कष्टकर र पठनपाठन गर्न गराउन कठिनाइ भएकाले सम्पूर्ण सङ्कायमा अध्ययनरत विद्यार्थीलाई आजदेखि फागुनको २ गतेसम्म हिउँदे बिदा दिइएको शिक्षालय प्रमुख टेकेन्द्रबहादुर थापाले जानकारी दिए ।
अहिले जिल्लाको तापक्रमको दिनहुँ ‘माइनस’मा जाने गरेको हावापानी फिल्ड कार्यालयले जनाएको छ ।
-
-
-
11 months agoस्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक दरखास्त माग

Comments