- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
चलचित्र ‘हात्ती छाप’को प्रचारका लागि नायक मल्लसहितको टीम देश दौडाहामा निस्किएका छन् ।
चलचित्रका प्रस्तुतकर्ता किरण नेपाली, कलाकार कमलमणि नेपालको साथमा सौगातले पश्चिमका विभिन्न जिल्लामा आयोजना भएको महोत्सवमा पुगेर चलचित्रको प्रचार गरे ।
प्रदर्शन मिति नजिकिंदै गर्दा फिल्म ‘हात्तीछाप’ पनि जिल्लाका महोत्सव पुगेर फिल्मको प्रचार गर्दैछ ।
सौगात मल्ल नेपालगञ्जमा आयोजित महोत्सव, कैलालीको लम्कीमा आयोजित महोत्सव र बर्दियाको गुलरियामा आयोजित महोत्सवमा पुगेका छन् । यी महोत्सवमा उपस्थित भएका नायक सौगात मल्लले दर्शकलाई आफ्ना चलचित्रका हिट संवादहरू सुनाएका थिए ।
यस्तै, कलाकार कमलमणि नेपालले पनि दर्शकलाई पेट मिचिमिची हँसाएका थिए । सौगातलाई देख्दा दर्शकहरूमा उत्साह देखिएको थियो । दर्शकहरूले नायक मल्लसँग माघ २६ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘हात्ती छाप’ हेर्नका लागि आफूहरू उत्साहित भएको बताएका थिए ।
चलचित्र ‘हात्ती छाप’लाई सिमोस सुनुवारले निर्देशन गरेका हुन् । चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, कमलमणि नेपाल, विल्सन विक्रम राई, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय छ ।
-
-
5 years agoभारतीय कोरियोग्राफर सरोज खानको निधन

Comments