- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
अभिनेता माओत्से गुरुङको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘दयारानी’को गीत रिलिज भएको छ । सोमबार अंग्रेजी नयाँ वर्षको अवसर पारेर इन्टरनेटमा रिलिज गरिएको ‘चोरी चोरी’ बोलको गीतमा सिनेमाका मुख्य कलाकार दयाहाङ राई र दीया पुन फिचर्ड छन् ।
मनोज थापा मगरको संगीत तथा हर्क साउँदको शब्द रचना रहेको गीतमा संगीतकार थापा मगर र सदीक्षा कट्टेलको स्वर सुन्न सकिन्छ । आगामी माघ २६ गतेबाट सिनेमा नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउनेछ । अभिनेता माओत्से गुरुङले यही सिनेमाबाट निर्देशनमा डेव्यु गरेका हुन् ।
बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । सिनेमामा दयाहाङ र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, र्शिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकार पनि अभिनय छ ।
-
-
5 years agoभारतीय कोरियोग्राफर सरोज खानको निधन

Comments