Loading...
Logo
Image

सात वर्षपछि निजी विद्यालयलाई गुठीमा लैजान एमाले निकट अखिलको प्रस्ताव

एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले निजी विद्यालयलाई सात वर्षपछि गुठीमा लैजानुपर्ने प्रस्ताव गरेको छ ।

संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयकमा संशोधन गरी निजी विद्यालयलाई गुठीमा लैजानुपर्ने प्रस्ताव अखिलले गरेको हो ।

अखिलको प्रस्तावमा भनिएको छ, 'निजी लगानीका विद्यालयको स्थापना र सञ्चालनः यो ऐन प्रारम्भ हुँदाका बखत प्रचलित कम्पनी कानुन बमोजिम स्थापना भई सञ्चालनमा भएको संस्थागत विद्यालय यो ऐन प्रारम्भ भएपछि सात वर्षभित्र शैक्षिक गुठीको रूपमा रुपान्तरण गरी सञ्चालन गर्नुपर्नेछ', ।

विद्यालय शिक्षा विधेयकमा यसअघि स्थापना भएका विद्यालय कम्पनीमै रहन पाउने र इच्छा भएमा मात्र गुठीमा जान सक्ने प्रावधान राखिएको छ । अब स्थापना हुने विद्यालय मात्र गुठी अन्तर्गत हुने विधेयकमा राखिएको छ । यसलाई संशोधन गर्नुपर्ने माग अखिलको छ ।

निजी लगानीका विद्यालयले राष्ट्रिय मापदण्डका अधिनमा रही स्थानीय तहले तोकेको शीर्षक र सीमाभित्र रही शुल्क लिन सक्ने र शुल्क निर्धारण र वृद्धि गर्दा अनिवार्य स्थानीय तहको स्वीकृति लिनुपर्ने वयवस्था गर्न अखिलले भनेको छ ।

 

Comments