Loading...
Logo
Image

गीतकार पोख्रेलको नजानेभो हाम्रो दुःख सार्वजनिक

गीतकार नारद पोख्रेलको सामाजिक बस्तुस्थिति झल्काउने गीत ‘नजानेभो हाम्रो दुःख’ एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको छ ।

वरिष्ठ गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यमा काठमाडौंमा सार्वजनिक गरिएको गीतमा गायक शिशिर योगीको स्वर रहेको छ, भने ज्योति प्रकाशले संगीत भरेका छन् ।

ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा शुरविर पण्डित, रश्मि भट्ट र राजानन्द माण्डव्यको अभिनय रहेको छ । गोविन्द अन्जानले छाँयाङ्कन गरेको भिडियोकोे निर्देशन दिपेन्द्र प्रकाश केसी गरेका छन् ।

 

Comments

KATHMANDU WEATHER