- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
नेकपा एमालेनिकट अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि शुक्रबार भएको विज्ञापनमा आपत्ति जनाएको छ ।
अनेरास्ववियुका अध्यक्ष समिक बडालले आज एक विज्ञप्ति जारी गर्दै उपकुलपतिका लागि प्रकाशित विज्ञापनमा विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा ३ वर्ष काम गरेकोले आवेदन दिन पाउने भन्ने प्रावधानले योग्य व्यक्तिहरुलाई खुला प्रतिस्पर्धाबाट बञ्चित गराउने बताएका छन् ।
अहिले प्रकाशित गरिएको विज्ञापनको सर्तअनुसार खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त हुन नसक्ने अनेरास्ववियुको दाबी छ ।
विज्ञप्तिमा भनिएको छ ‘पुनः विश्वविद्यालयमा राजनीतिक स्वार्थ हावी हुन दिने वर्तमान गठबन्धन सरकारको मनशाय रहेको स्पष्ट हुन्छ । यस घटनाक्रमले प्रधानमन्त्रीको त्रिभुवन विश्वविद्यालय सुधार गर्ने भन्ने अभिव्यक्ति जनताको आँखामा छारो हाल्ने काम मात्र भएको प्रमाणित भएको छ ।’
साथै अनेरास्ववियुले प्रधानमन्त्री कुलपति रहने, शिक्षामन्त्री सहकुलपति हुने व्यवस्था खारेज गरी बोर्ड अफ ट्रष्टी बनाउनुपर्ने माग गरेको छ ।
-
-
-
11 months agoस्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक दरखास्त माग

Comments