- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
मीनबहादुर भाम निर्देशित फिल्म ‘साम्बाला’ बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको विधामा छनोट भएको छ ।
उक्त फेस्टिभलको यो विधामा छनोट हुने ‘साम्बाला’ पहिलो नेपाली फिचर फिल्म हो ।
सोमबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको हो । कार्यक्रममा बर्लिन फिल्म फेस्टिभलको लाइनअपको घोषणालाई प्रत्यक्ष रुपमा देखाइएको थियो भने फिल्मको पोस्टरसमेत सार्वजनिक गरियो । भामको पहिलो फिल्म ‘कालोपोथी’ नेपालबाट ओस्कार अवार्डमा सिफारिस भएको थियो भने भेनिस फिल्म फेस्टिभलमा प्रिमियर गरिएको थियो ।
उच्च हिमाली गाउँकी एक गर्भवती महिलालाई श्रीमानले छोडेपछि आफ्ना देवरलाई लिएर उनको खोजीमा हिंडेको कथा फिल्मले प्रस्तुत गर्छ । फिल्मलाई भाम र अविनाशविक्रम शाहले मिलेर लेखेका हुन् । सुनी फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको ‘साम्बाला’मा थिन्ले ल्हामो, सोनम तोप्द्न, तेन्जिङ डल्हालगायतको मुख्य भूमिका छ । फिल्मले थुप्रै अन्तर्राष्ट्रिय ‘ग्रान्ड’ जितिसकेको छ । डोल्पामा छायांकन गरिएको यो फिल्मको बजेट करिब १४ करोड रुपैयाँ रहेको जनाइएको छ ।
-
-
5 years agoभारतीय कोरियोग्राफर सरोज खानको निधन

Comments