Loading...
Logo
Image

गायिका उमा श्रेष्ठको ‘के भुल गरें थिएँ र मैले’ सार्वजनिक

गायिका उमा श्रेष्ठको स्वरमा रहेको नयाँ गीत ‘के भुल गरें थिएँ र मैले’ सार्वजनिक गरिएको छ ।

काठमाडौँमा एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो ।

उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भिडिओ सार्वजनिक कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिका साथै संचारकर्मीको बाक्लो उपस्थिति रहेको थियो । 

र्वजनिक गीतमा शब्द रचना अर्जुन थेबेको र संगीत देवराज आले मगरको रहेको छ । कमल एक्चै मगरले निर्देशन गरेको भिडियोको छायाँकन चक्र महर्जनले गरेका हुन् । भिडिओमा सन्तान नहुँदाको पारिवारिक तनाबलाई देखाउन खोजिएको छ ।

भिडिओमा अभिनेता सिमान्त उदास र गायिका उमा श्रेष्ठ फिचर्ड छन् । विशाल निरौलाको संगीत संयोजन रहेको गीतको भिडिओको सम्पादन निर्देशक कमल स्वयंमको रहेको छ । भिडिओ कलर संयोजन राजेन्द्र मोक्तानले गरेका छन् ।

Comments

KATHMANDU WEATHER