Loading...
Logo
Image

जोर्डनलाई हराउँदै कतारले जित्यो एसियन कपको उपाधि

कतारले एसियन कप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । लगातार दोस्रोपटक उपाधि चुम्ने क्रममा कतारले फाइनलमा जोर्डनलाई पाखा लगाएको हो ।

कतारको दोहामा भएको फाइनल खेलमा घरेलु टोली कतारले जोर्डनलाई ३–१ गोल अन्तरले हरायो । कतारका तर्फबाट भएका तीनै गोल पेनाल्टीबाट सम्भव भएका हुन् । अक्रम अफिफले पेनाल्टीको मौका खेर जान दिएनन् र ह्याट्रिक पूरा गरे । 

कतारले खेलको २२औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता लिएको थियो । खेलको दोस्रो हाफको ६७ औँ मिनेटमा याजानले गोल गर्दै जोर्डनलाई खेलमा फर्काएका पनि कतारले फेरि पेनाल्टीको अवसर पाउँदा ७२ मिनेटमा उसले फेरि अग्रता बनायो । खेलको अन्तिम समयमा कतारले फेरि पेनाल्टी पायो र गोल पनि गर्‍यो ।

Comments

KATHMANDU WEATHER