- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु काभ्रेपलान्चोक जिल्ला कमिटीले माध्यमिक शिक्षा निःशुल्क गराउन सर्वोच्च अदालतमा रिट दर्ता गराएको छ ।
अनेरास्ववियुले काभ्रेका स्थानीय तह, शिक्षा मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेको हो ।
रिटमा भनिएको छ, ‘विद्यार्थीको निःशुल्क पढ्न पाउने संवैधानिक हक विपरीतको कार्य रोक्न विपक्षीहरुले भूमिका नखेलेको कारणले विद्यार्थी र अभिभावकलाई आर्थिक पीडा भइरहेको हुँदा, उक्त कार्यलाई रोक लगाउन अन्य कुनै प्रभावकारी वैकल्पिक उपचारको मार्ग नभएकोले बाध्य भइ सम्मानित सर्वोच्च अदालतमा यो रिट निवेदन दर्ता गर्न आएको छु ।’
नेपालको संविधानको धारा ३१ द्वारा प्रदत्त नेपाली नागरिकले कक्षा १२ (माध्यमिक तह) सम्मको शिक्षा निःशुल्क रुपमा अध्ययन गर्न पाउने मौलिक हक प्रदान गरिएको अवस्थामा त्यस्तो मौलिक हकमा अनुचित बन्देज लगाउने गरी विद्यार्थीहरुवाट विभिन्न शीर्षक अन्तर्गतको वाहनामा शुल्क असुल गर्ने कार्य भइरहेको रिटमा उल्लेख छ ।
निवेदनको अन्तिम निर्णय नहुँदासम्म नेपालको संविधान एवं प्रचलित कानून विपरीत काभ्रेपलाञ्चोक जिल्लाका सरकारी एवं सामुदायिक विद्यालयले कुनै पनि नाममा शुल्क नलिनु र माध्यामिक तह सम्मको शिक्षाको लागि नेपाल सरकारले अवश्यक व्यवस्था गर्नु गराउनु भनी विपक्षीहरुको नाममा अन्तरिम आदेश समेत माग गरिएको छ ।
-
-
-
11 months agoस्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक दरखास्त माग

Comments