Loading...
Logo
Image

फागुन ८ देखि काठमाडौंमा ‘दोस्रो ई–स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिप’ आयोजना हुने

ई–स्पोर्ट्स संघ नेपाल (इशान)को आयोजनामा आगामी फागुनको दोस्रो सातादेखि ‘दोस्रो ई–स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिप २०८१’ हुने भएको छ । ८, ९ र १० फागुनमा काठमाडौंमा आयोजना हुने उक्त प्रतियोगिताको मुख्य पुरस्कार राशि २५ लाख रुपैयाँ रहेको छ ।

उक्त प्रतियोगिताका लागि टिम दर्ता हिजो शनिबारदेखि नै खुला भएको आयोजक इशानले जनाएको छ । टिम दर्ता खल्ती एपमार्फत पनि गर्न सकिने बताइएको छ । आयोजकका अनुसार प्रतियोगितामा ई–फुटबल, मोबाइल लिजेन्ड्स, पब्जी मोबाइल, डोटा टू, भ्यालोरेन्ट, कस प्ले गरी ६ ई(इस्पोर्ट विधालाई समावेश गरिएको छ । नेपालको ई–स्पोर्ट्स क्षेत्रमा पहिलोपटक सबैभन्दा ठूलो पुरस्कार राशिका साथ प्रतियोगिता आयोजना हुन गइरहेको छ । छनोट चरणका खेलहरु अनलाइनबाट हुनेछन् भने फाइनल खेलको मुख्य इभेन्ट काठमाडौंमा सम्पन्न गरिनेछ । 

इशानले यस प्रतियोगिताको म्यानेजमेन्ट र मार्केटिङको अधिकार सप्लाई अनलिमिटेडलाई तीन वर्षका लागि प्रदान गरेको छ । सम्झौताअनुसार प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन र बजारीकरण सप्लाई अनलिमिटेडले गर्नेछ । यस प्रतियोगिताको ब्रान्ड एम्बासडरको रुपमा चलचित्रकर्मी तथा ई(गेमिङका प्रवद्र्धक निश्चल बस्नेतलाई नियुक्त गरिएको छ । ई स्पोर्ट्स संघ नेपालले स्थापनाको तेस्रो महिनामै सुर्खेतमा पहिलो राष्ट्रिय ई–स्पोर्ट्स च्याम्पियनसिप आयोजना गरेको थियो । 

Comments

KATHMANDU WEATHER