- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको फाइनलको दिन खेल सुरु हुनुभन्दा अगाडि नै टिकट बिक्री बन्द गरियो । गेट पनि बन्द गरिएको थियो । तर, खेलप्रेमीहरू गेट नै भत्काएर भित्र प्रवेश गरे । प्रहरीले पनि थाम्न सकेन । घरका छत, रुख तथा अस्थायी प्यारापिटबाट फुटबल हेरेको भिडियो, फोटोहरू सामाजिक सञ्जालमा भाइरल छन् ।
खेलमैदानमा प्रवेश गरेकाले पनि राम्रोसँग फाइनल खेल हेर्न पाएनन् । चर्च ब्वाइज र मच्छिन्द्र फुटबल क्लबको प्रतिस्पर्धामा रोजाइका खेलाडीको प्रतिस्पर्धा हेर्न आउनेको संख्या अत्यधिक थियो । गाउँगाउँबाट र छिमेकी जिल्लाबाट फुटबलप्रेमीको ठूलो संख्यामा उपस्थित भए पनि अधिकांश दर्शकले फुटबल हेर्न पाएनन् । खेलमैदान साँघुरो हुँदा दर्शकहरूले फुटबल हेर्न पाएनन् भने खेलमैदान राम्रो नहुँदा खेलाडी घाइते भए ।
फाइनलको दिन मात्र ३ सय रुपैयाँदरका १० लाख ८५ हजार रुपैयाँबराबरको टिकट बिक्री भयो । ‘गेटमा टिकट बिक्री गरेर मात्र हामीले २७ लाख रुपैयाँ संकलन गर्यौँ । यसपल्ट दर्शक उलेख्य संख्यामा आउनुभयो तर फाइनलमा राम्रोसँग फुटबल हेर्न पाउनुभएन,’ आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दीपेन्द्र थापामगरले भने, ‘फाइनलको दिन दर्शकदीर्घामा केही होला कि भन्ने तनावले सताइरहयो ।’
दर्शक बस्ने ठाउँको अभाव मात्र होइन, खेलमैदान पनि राम्रो थिएन । पाँचथर सदरमुकाम फिदिममा फुटबल प्रतियोगिता तथा अन्य गतिविधि हुने फिदिम खेलमैदानलाई व्यवस्थित रङ्गशाला बनाउने काम बीचैमा अलपत्र भएको छ । यसले गर्दा खेलकुद गतिविधि प्रभावकारी हुन सकेको छैन । फुटबलप्रेमीको क्रेज बढ्दै जाने हो भने अरु प्रतियोगितामा तनाव हुने स्थिति छ ।
यही खेलमैदानमा केही हप्तापछाडि पाँचथर गोल्डकप फुटबल प्रतियोगिता हुँदै छ । १७ महिनाभित्रमा व्यवस्थित खेल मैदान सम्पन्न गर्ने भनेर २५ माघ २०७७ मा ठेक्का सम्झौता भएको थियो । तर, दुईपटकसम्म म्याद थपिँदा पनि खेल मैदान बनाउने कामको प्रगति ४० प्रतिशत मात्र छ । पुनः म्याद थप्ने तयारी भएको भनिए पनि पर्याप्त बजेट र ठेकेदारले समयमा काम नगर्दा समस्या छ । नेपाल खेलकुद परिषद्ले फिदिम माविको खेलमैदान जिल्ला खेलकुद विकास समितिमार्फत बनाउन ठेक्का लगाएको थियो । खेलमैदानको भविष्य के हुने भन्ने अन्योल छ ।
१७ महिनामा काम सक्ने गरी पीएस/किराँतेश्वर/मैनाचुली जेभीले ठेक्का सम्झौता गरेको थियो । १५ करोड ६६ लाखको इस्टिमेट गरिएको रङ्गशाला निर्माणको काम १० करोड ६३ लाख ५७ हजारमा ठेक्का सम्झौता भएको थियो । बजेट पर्याप्त नभएको तथा ठेकेदारले समयमा काम नगरेको बताइन्छ ।
‘यो खेलमैदान बनाउने काम त्यति राम्रोसँग हुन सकेन । सरकारले पैसा समयमा नदिने, ठेकेदारले पनि जिम्मेवारीपूर्ण तरिकाले काम नगर्दा समस्या भयो । खेलमैदान बीचैमा अलपत्र पर्यो । फेरि म्याद थपिने भन्ने सुनेको छु तर आधिकारिक रूपमा आएको छैन,’ जिल्ला खेलकुद विकास समिति पाँचथरका अध्यक्ष सन्तोष मोक्तानले भने, ‘सदरमुकामको महत्त्वपूर्ण खेलमैदान विरुप भएको छ ।’
खेलकुद गतिविधि सञ्चालन गर्न समस्या छ । अहिले भएका प्रतियोगिता हार्ड ग्राउन्डमा भइरहेका छन् । पूर्वी पहाडी जिल्लामा फुटबलको क्रेज छ । खेलाडी तथा प्रतियोगिताले दर्शक तथा फुटबलप्रेमीको माया पाएका छन् । खेलमैदानमा देखिने दर्शकदेखि प्रतियोगिताहरूलाई सहयोग गर्नेहरूको सूची हेर्दा फुटबलको प्रेम निकै देखिन्छ । खेलाडीहरूले पनि यहाँका दर्शकलाई प्रशंसा नै गरेका छन् । ‘खेलमैदान जस्तो भए पनि यहाँका दर्शकको क्रेज लोभलाग्दो छ । जुन टिमलाई समर्थन गरे पनि नेपाली फुटबललाई समर्थन गर्ने हो । फुटबल अहिले मोफसलले थामिरहेको छ,’ मच्छिन्द्र क्लबका क्याप्टेनसमेत रहेका खेलाडी विशाल श्रेष्ठले भने, ‘फुटबल क्षेत्रको विकासका लागि पूर्वाधार निर्माण, नियमित लिग, खेलाडीको सुविधा तथा तालिममा ध्यान दिनुपर्ने देखिन्छ ।’
-
-
3 years agoयसरी सुरु भएको थियो विश्वकप फुटबल
-
3 years agoविश्वकप विजेता भविश्यवाणी गर्ने अनौठा तरिकाहरू

Comments