Loading...
Logo
Image

इन्डो नेपाल भलिबल च्याम्पियनसिपमा त्रिभुवन आर्मी फाइनलमा

त्रिभुवन आर्मी क्लब मदन भण्डारी गोल्डकप इन्डो नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार बुटवल उपमहानगरपालिका-१० स्थित रामनगर खेल मैदानमा भएको खेलमा मणिमुकुन्द भलिबल क्लबलाई ३-० को सोझो सेटमा हराउँदै त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको हो । 

पहिलो सेट २५-१८ ले जितेको आर्मीले दोस्रो सेट २५-१३ र तेस्रो सेट २५-१९ ले जितेको थियो । मंगलबारका लागि तय भएको खेल शीतलहरका कारण बुधबार बिहानका लागि सारिएको थियो । बिहान ११ बजे खेल हुने भनिए पनि खराब मौसमका कारण खेल दिउँसो २ बजेबाट मात्रै सुरु भएको थियो ।

Comments

KATHMANDU WEATHER