- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
विश्वविद्यालयहरूको जग्गा खोजबिन गर्न उच्चस्तरीय कार्यदल बनाइने भएको छ ।
त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयको जग्गा खोजबिन गर्न गठित समितिले प्रतिवेदन बुझाए पनि थप खोजी आवश्यक रहेकाले सरकारले उच्चस्तरीय कार्यदल बनाउने बताएको हो ।
बिहीबार शिक्षा पत्रकार सञ्जाल (इजोनले) आयोजना गरेको साक्षात्कारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले अरू विश्वविद्यालयको पनि खोजबिन गर्नु पर्ने भएकाले उच्चस्तरीय कार्यदल बनाउनु पर्ने बताइन् ।
‘कृषि वन विश्वविद्यालयमा पनि समस्या छ । त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन प्रधानान्त्रीलाई बुझाइएको छ । नेपाल संस्कृत विश्वविद्यालयको प्रतिवेदन मसँग छ । प्रधानमन्त्रीलाई बुझाएपछि सार्वजनिक गर्छौं,’ उनले भनिन्, ‘अगाडिको कार्यदलको रिपोर्टको आधारमा उच्चस्तीय कार्यदल बनाउनु पर्छ ।’
कार्यदलमा नापीका कर्मचारीसमेत राखेर सबै विश्वविद्यालयको जग्गा खोजी गरिने उनले बताइन् ।
त्रिविको १ हजार रोपनी जग्गा हिनामिना भएको प्रतिवेदन खोजबिन समितिले बुझाएको थियो । तर, अझै त्रिविको धेरै ठाउँमा जग्गा हिनामिना भएकाले नापीका कर्मचारी पनि आवश्यक रहेको खोजबिन समितिले औंल्याएको थियो । त्यसैगरी संस्कृत विश्वविद्यालयको ९ सय विघा जग्गा अतिक्रमण भएको छ ।
-
-
-
11 months agoस्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक दरखास्त माग

Comments