- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
जय ट्रफीको चौथो खेल बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबले ड्र खेलेका छन् । बिहीबार जनकपुरमा खेलको दोस्रो दिन जितका लागि बागमतीले २०४ रनको लक्ष्य पाएको थियो । तर, बागमतीले दोस्रो पारीमा अन्तिम दिनको खेल सकिँदा ५ विकेटमा ८० रन मात्र बनायो । त्यसपछि खेल ड्र भएको हो ।
रेड बल क्रिकेटको पहिलो पारीमा आर्मीले ५ विकेटमा २७६ रन बनाएको थियो भने दोस्रो पारीमा ८ विकेटमा १२७ रन बनायो । बागमतीले पहिलो पारीमा २०० रन बनाएको थियो । उसले दोस्रो पारीम ५ विकेटको क्षतिमा ८० रन बनाएको थियो ।
आर्मीका लागि पहिलो पारीमा इमरान शेखले ७२ र बसिर अहमदले नटआउट ५३ रन बनाएका थिए । दोस्रो पारीमा तृतराज दासले सर्वाधिक २८ रन बनाए । बागमतीका विपिन आचार्यले पहिलो पारीमा ३ विकेट लिएका थिए । दोस्रो पारीमा नन्दन यादवले ४ विकेट लिए ।
आर्मीका आकाश चन्दले पहिलो पारीमा ३ र दोस्रो पारीमा २ विकेट लिए । बिहीबार हरेक टिमले दुई दुई खेल खेल्दा मधेशलाई पराजित गरेको पुलिस क्लब शीर्ष स्थानमा छ भने दोस्रो आर्मी, तेस्रो बागमती र चौथोमा मधेश प्रदेश छ । चार टिम सहभागी खेलमा शीर्ष दुई टिमबीच फाइनल खेल हुनेछ । साझेदारी, अर्धशतक, शतक र जित तथा चार विकेट र पाँच विकेटको समेत बोनस अंक दिइने भएकाले सबै टिमले अंकतालिकामा अंक जोडेका छन् । अब हरेक टिमले एक एक खेल खेल्न बाँकी छ ।
शिलापत्र
-
-
3 years agoयसरी सुरु भएको थियो विश्वकप फुटबल
-
3 years agoविश्वकप विजेता भविश्यवाणी गर्ने अनौठा तरिकाहरू

Comments