- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
बार्सिलोनाले स्पेनिस सुपरकपको उपाधि जितेको छ । यससँगै बार्सिलोनाले १५औँ पटक उपधिमा कब्जा जमाएको हो ।
सुरुवाति अग्रता लिएको रियल मड्रिडलाई ५-२ ले पछि पार्दै बार्सिलोनाले उपाधि जितेको हो ।
खेलको पाँछौँ मिनेटमै रियलका लागि किलियन एम्बाप्पेले गोल गर्दं अग्रता दिलाएका थिए । तर, २२औँ मिनेटमा बार्सिलोनाका लागि लामिन यामालले बराबरी गोल फर्काए । त्यस्तै ३६औँ मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै लिवान्डोस्कीले रियलविरुद्ध बार्सिलोनालाई २-१ को अग्रता दिलाए ।
खेलको ३९औँ मिनेटमा राफिनाले बार्सिलोनालाई ३-१ को अग्रता दिलाए भने पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै एलेजेन्द्रो बाल्डेले रियलविरुद्ध ४-१ को अग्रता दिलाए । त्यस्तै ४८औँ मिनेटमा राफिनाले व्यक्तिगत दोस्रो गोल गर्दै रियलविरुद्धको अग्रता ५-१ मा पुर्याए । ६०औँ मिनेटमा रियलका लागि रोड्रिगोले गोल गरे पनि पराजय टार्न भने सकेनन् ।
-
-
3 years agoयसरी सुरु भएको थियो विश्वकप फुटबल
-
3 years agoविश्वकप विजेता भविश्यवाणी गर्ने अनौठा तरिकाहरू

Comments