- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
कृषि विकास बैंकले आफ्नो ५८औँ वार्षिकोत्सव मनाएको छ । बैंकले एक समारोहकाबिच आज ५८औं वार्षिकोत्सव मनाएको हो ।
बैंकको ५८औं वार्षिकोत्सवमा सोमबार आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले बैंकलाई आफूले लिएका उद्देश्य हासिल गर्ने विषय पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेका छन् ।
बैंकको ५८औं वार्षिकोत्सवमा सोमबार आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले बैंकको क्षमता विकास, सामर्थ्य विकास, प्रतिष्ठा र इज्जत पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताएका हुन् ।
अर्थमन्त्री पौडेलले भने, ‘अहिले बैंकको व्यवस्थापन र कर्मचारी साथीहरूको बीचमा जहाँ जीवन्त सम्बन्ध हुन्छ, जहाँ राम्रो सम्बन्ध हुन्छ, त्यस्तो बैंकले प्रगति गर्ने सम्भावना ज्यादा हुन्छ । म साथीहरूलाई आग्रह गर्न चाहन्छु, बैंकका सबै कर्मचारी साथीहरूलाई पनि आग्रह गर्न चाहन्छु, बैंकमा गठन भएका ट्रेड युनियनका साथीहरूलाई पनि आग्रह गर्न चाहन्छु, यहाँहरूले सबैभन्दा पहिलो प्राथमिकता बैंकको क्षमता, बैंकको सामर्थ्य, बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो कार्यसूची बनाउनुपर्छ ।'
बैंकको ५८ औँ वार्षिकोत्सव समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैङ्किङ सिस्टममा आएको अराजकताको बारेमा सरोकारवालाहरूसँग छलफल गरिरहेको बताए।
वर्तमान समयमा बैङ्किङ क्षेत्रमा आएको अराजकताले दीर्घकालमा देशको अर्थतन्त्रलाई कति असर पार्छ भन्ने कुरामा जानकार रहेको भन्दै उनले भने, ‘बैंकको ऋण नतिर्न भनेर उक्साउने अराजक गतिविधिहरूको असर पनि धेरै ठाउँमा छ । यस्ता चुनौतीहरू भए पनि बैंकका साथीहरू खट्नुभएको छ । हामीले पनि निरन्तर रूपमा सम्बन्धित निकायहरूमा बैङ्किङ सिस्टममा यो अराजकताको असर कति ठूलो छ । दीर्घकालमा देशको अर्थतन्त्रलाई यसले कति असर पार्छ भन्ने कुरामा हामी जानकार छौँ । र यस विषयमा सरोकारवालाहरूसँग छलफल भइरहेको छ । यस्ता विषयहरू सधैँ रहँदैनन् । समाधान हुँदै जान्छन् ।’
-
7 months agoभन्सार छलेर भित्र्याइएका सामान बरामद
-
-

Comments