- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि १ फागुनदेखि एक महिने परीक्षण अभियान सुरु गर्ने भएको छ ।
निरोधात्मक विधिबाट रोगविरुद्ध प्रतिकारात्मक अभियान चलाउने घोषणाअनुसार स्वास्थ्यमन्त्री प्रदीप पौडेलले गत २६ मंसिरमा निर्देशिका स्वीकृत गरेका थिए । त्यसलगत्तै मन्त्रालयले १ फागुनबाट परीक्षण अघि बढाउने कार्यक्रम अघि बढाएको हो ।
देशमा १ करोड ४० लाख ९० हजार नागरिक ३० वर्षमाथिका छन् । यही उमेर समूहका नागरिकलाई समेट्ने लक्ष्य मन्त्रालयले राखेको छ । अभियानका क्रममा ३० वर्षमाथिका सबै नागरिकलाई स्थानीय स्वास्थ्य संस्थामा मधुमेह, उच्च रक्तचाप, मिर्गौलासम्बन्धी रोग तथा शरीरको उचाइ र तौलको अनुपात पहिचान गर्ने मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले बताए । मन्त्रालयले यो सेवा निःशुल्क गर्ने बताएको छ ।
फागुन महिनामा पाठेघरको मुखको क्यान्सरविरुद्ध समेत यस्तै स्क्रिनिङ अभियान सञ्चालन गर्ने तयारी मन्त्रालयको छ ।
-
-
-
11 months agoस्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक दरखास्त माग

Comments