- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं मोडेल कलेज र कोरियाका विभिन्न विश्वविद्यालयबीचको सांस्कृतिक आदानप्रदान कार्यक्रम १ फागुनमा सम्पन्न भएको छ । कलेजको सेमिनार हलमा आयोजित उक्त कार्यक्रम काठमाडौं मोडेल कलेज र कोरियाका १९ वटा विश्वविद्यालयबीचको शैक्षिक सहकार्य तथा सांस्कृतिक सम्बन्धलाई सशक्त बनाउन आयोजना गरिएको हो ।
कार्यक्रमको औपचारिक उद्घाटन कलेजका कार्यकारी निर्देशक सह-प्राध्यापक अजयप्रसाद ढकाल, कलेज प्रमुख सुरेन्द्र सुवेदी तथा कोरियन प्रतिनिधिहरूले पानसमा दीप प्रज्वलन गरी गरेका थिए । स्वागत मन्तव्य दिने क्रममा कलेज प्रमुख सुवेदीले यस्तो कार्यक्रमले विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षा प्रणाली र अभ्यास बुझ्न मद्दत पुग्ने बताए ।
नम्बु विश्वविद्यालयका प्राध्यापकले नेपाल-कोरिया शैक्षिक साझेदारी र सांस्कृतिक सम्बन्धबारे धारणा राखेका थिए भने काठमाडौं मोडेल कलेजका विद्यार्थी बेबिका अधिकारी र रोबिन्सन भण्डारीले कलेजको शैक्षिक कार्यक्रम तथा विद्यार्थी अनुभवबारे जानकारी गराएका थिए । कोरियन विद्यार्थी हीजु ओहले अन्तर्राष्ट्रिय अनुभवले व्यक्तिगत तथा व्यावसायिक जीवनमा पार्ने प्रभावबारे बोलेकी थिइन् ।
-
-
-
11 months agoस्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक दरखास्त माग

Comments