- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
'पाठशाला प्रकृति काव्योत्सव- २०८२' मा नवज्योति मावि कोटेश्वरमा अध्ययनरत विद्यार्थी दर्शक आचार्य प्रथम भएका छन् ।
पाठशाला नेपाल फाउण्डेसनले विश्व वातावरण दिवसको अवसरमा आयोजना गरेको 'पाठशाला प्रकृति काव्योत्सव : २०८२' नामक उपत्यकाव्यापि विद्यालयस्तरीय कविता प्रतियोगितामा उपत्यकाभरिबाट प्राप्त सयौं कविता मध्ये छनौट गरिएका ३० वटा विद्यालयका ५८ वटा कविताबिच प्रतियोगिता भएको थियो ।
प्रतियोगितामा लिजा विष्टको अध्यक्षता, स्थापित कवि अर्जुन पराजुलीको विशेष आतिथ्य, व्यङ्ग्य कवि लक्ष्मण गाम्नागेको प्रमुख आतिथ्य एवं वरिष्ठ साहित्यकार रामप्रसाद ज्ञपाली, विद्यालयका प्रिन्सिपल अनिता कुमारी तामाङ, कवि मधुस न्यौपाने, कार्यक्रम संयोजक धर्म पोखरेल, लय कोईराला लगायतको आतिथ्य रहेको थियो। निर्णायकमा स्थापित कविहरु रमेश पौडेल, प्रज्वल अधिकारी र रुपक अलङ्कार रहेको प्रतियोगितामा द्वितिय नेपाल विद्याश्रमका पङ्कज विनाडी, तृतीय जेम्स स्कूलका सोनियारानी बराल तथा सान्त्वना पुरस्कार प्राप्ती अधिकारी र रोचक रेग्मीले प्राप्त गरेका छन् ।
प्रथम, द्वितीय, तृतीय र सान्तवनालाई क्रमशः रु. १५ हजार, १० हजार, ७ हजार र ५/५ हजार पुरस्कार सँगै प्रमाणपत्र र मेडल प्रदान गरिएको सो प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने विद्यार्थी आचार्यले प्रतियोगिता निकै गहकिलो र निश्पक्ष महशुस गरेको बताउदै आयोजक र निर्णायकलाई धन्यबाद व्यक्त गरेका छन् ।
प्रथम स्थान हासिल गरेको कविता यस प्रकार छ-

-
-
-
11 months agoस्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक दरखास्त माग

Comments