Loading...
Logo
Image

नेपालका अस्पतालमा नेतृत्व विकास विषयक एकदिने कार्यशाला

नेपालका अस्पतालमा बोर्ड नेतृत्व विकास सम्बन्धी एक दिवसीय कार्यशाला आयोजना गरिएको छ । नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपालको संयुक्त आयोजनामा ‘नेपालका अस्पतालमा बोर्ड नेतृत्व विकास’ कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उद्‍घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गरेका थिए । मन्त्री पौडेलले अस्पतालको पुनर्संरचना गर्ने क्रममा अस्पताल व्यवस्थापक राख्ने कुरामा पटक-पटक छलफल गरिएको र हाल भएको मेडिकल सुपरिटेन्डेन्ट र व्यवस्थापकको जिम्मेवारीबारे दुविधा भएको बताए ।

स्वास्थ्य संस्थाको व्यवस्थापकिय जिम्मेवारी सरकारको भएकाले मेसुलाई सो जिम्मेवारी सहित सेवामा लगाउने वा व्यवस्थापकलाई अधिकृत भन्दा माथि हुने गरी संरचना तयार गरी आफ्नै समयमा यो काम गर्ने प्रतिवद्धता मन्त्री पौडेलले जनाए ।

२५ सयको ओएनएम गरी ८०० डाक्टर १२०० नर्स थप्दै गर्दा १९ अस्पतालमा १९ व्यवस्थापकीय जनशक्ति थप्ने गरी काम भइरहेको उनले जानकारी दिए । आउँदै गरेको स्वास्थ्य सेवा ऐनले धेरै कुराको सम्बोधन गर्ने मन्त्री पौडेलले बताए ।

टेक्निकल सेसनको सार्वजनिक तथा निजी स्वास्थ्य संस्था सञ्चालक समिति र म्यानेजरहरूको रणनीतिक नेतृत्वमा क्षमता अभिवृद्धि गर्ने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको थियो।

Comments