- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
स्पेनिस महारथी रियल मड्रिड र साउदी अरबको क्लब अल-हिलाल फिफा क्लब विश्वकपको अन्तिम १६ मा प्रवेश गरेका छन् ।
लिङ्कन फाइनान्सियल फिल्डमा भएको समूह 'एच' को अन्तिम खेलमा साल्सबर्गलाई ३-० ले पराजित गर्दै रियल मड्रिड समूह विजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरेको हो ।
खेलको ४०औँ मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाए । त्यसपछि पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा भाल्भर्डेले गोल गर्दै रियल मड्रिडको अग्रता दोब्बर पारेका थिए ।
पहिलो हाफमा २-० को अग्रता लिएको रियल मड्रिडले दोस्रो हाफमा थप एक गोल गरेको थियो । खेलको ८४औँ मिनेटमा गोन्जालो गार्सियाले गोल गर्दै रियल मड्रिडलाई ३-० को जित दिलाए ।
यस्तै, साउदी अरबको क्लब अल-हिलालले पाचुकालाई २-० गोलअन्तरले पराजित गर्यो । अल-हिलालको जितमा सलेम अलदावसारी र मार्कोस लियोनार्डोले गोल गरे ।
खेलको २२औँ मिनेटमा सलेमले गोल गर्दै अल-हिलाललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको इन्जुरी समयको पाँचौँ मिनेटमा मार्कोसले गोल गर्दै अल-हिलाललाई २-० को जित दिलाएका हुन् ।
जितसँगै ३ खेलबाट ७ अंक जोडेको रियल मड्रिड समूह 'एच' को विजेता रूपमा अन्तिम १६ मा प्रवेश गर्यो । ३ खेलबाट ५ अंक जोडेको साउदी अरबको क्लब अल-हिलाल समूह उपविजेताका रूपमा अन्तिम १६ मा प्रवेश गर्दा साल्सबर्ग भने समान खेलबाट ४ अंक जोड्दै प्रतियोगिताबाट बाहिरिएको छ । पाचुका भने जितविहीन बन्यो ।
अब समूह 'एच' को विजेता रियल मड्रिडले अन्तिम १६ मा इटालियन क्लब युभेन्ट्स तथा उपविजेता अल-हिलालले म्यानचेस्टर सिटीको सामना गर्नेछ ।
-
-
3 years agoयसरी सुरु भएको थियो विश्वकप फुटबल
-
3 years agoविश्वकप विजेता भविश्यवाणी गर्ने अनौठा तरिकाहरू

Comments