Loading...
Logo
Image

सरकारले सहमति पालना नगरेको भन्दै सिंहदरबार शिक्षकहरूको धर्ना

सरकारले सहमति पालना नगरेको भन्दै शिक्षकहरूले धर्ना सुरु गरेका छन् । आइतबार शिक्षकहरू धर्ना दिन सिंहदरबार पुगेका हुन् ।

नेपाल शिक्षक महासंघ र सरकारबीच भएको सहमति अनुसार संघीय शिक्षा विधेयक पारित गरी सहमति भएकोमा सहमति अनुसार काम अघि नबढेपछि शिक्षकहरू धर्ना दिन सिंहदरबार पुगेका हुन् ।  शिक्षा विधेयकलाई शिक्षा समितिले टुंग्याएर संसदमा पेस गरेपछि मात्र पारित गर्ने प्रक्रिया अघि बढ्छ । तर समितिले टुंग्याउन सकेको छैन । ऐन जारी गर्न माग गर्दै महासंघको आह्वानमा शैक्षिक हड्तालसँगै काठमाडौंकेन्द्रित आन्दोलन भएको थियो । सरकारले १७ वैशाखमा वार्ता गरी १५ असारभित्र ऐन जारी गर्ने सहमति गरेको थियो । 

बिहानैदेखि शिक्षक महासंघको टोली सिंहदरबारस्थित शिक्षा समितिको कार्यालयमा पुगेर सांसदहरूलाई दबाब दिइरहेका छन् । शिक्षक महासंघ सह-अध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा शिक्षकको टोली सिंहदरबारमा पुगेको हो ।

विधेयकलाई अन्तिम रूप दिन समितिमा छलफल जारी छ । धेरै विषयको टुंगो लागिसकेको र केही बाँकी रहेको समितिले जनाएको छ ।

Comments