- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौँ, चैत १५ गते । बाँस अर्थात् घर मानिसको आधारभूत आवश्यकता हो । संसारमा घरका डिजाइनहरू आफ्नै किसिमका हुन्छन् । तर, इन्डोनेसियाको बालीमा बाँसबाट बनेका घरहरू भने हामी सबैका लागि उदाहरणीय छन् ।
‘ग्रीन भिलेज’ र ‘ग्रीन स्कुल’ को अवधारणाअनुसार बालीमा स्थानीय भाषामा ‘इबुकु’ नामको एउटा समूह क्रियाशील छ । यसले निर्माण गरेका यी संरचनाले घर निर्माणको परम्परागत सामग्री बाँसबाट अत्याधुनिक संरचनाहरू निर्माण गरेको छ ।

बालीको अयुङ नदीको किनारमा रहेका हरेक घरको आफ्नै विशेषता छ । बालीमा रहेको यो ग्रीन भिलेज सन् २००९ देखि यसरी बाँसका संरचनालाई आधुनिकीकरण गर्न सुरू गरिएको हो । जहाँ बनेका व्यावसायिक र पर्यटकीय महत्त्वका बाँसका घरहरू आफूसँग भएको बजेटअनुसार किन्न सकिन्छ ।
दुईवटा बेडरूम, किचेन र हल तथा सानो बगैँचा भएको एउटा घरलाई ५० हजार अमेरिकी डलरसम्म पर्छ । ग्रीन रिसोर्टमा बिदाको दिन मनाउन जाने हो भने ३० देखि ७ सय डलरसम्म खर्च गरे पर्याप्त हुन्छ । ग्रीन भिलेजले घरजग्गाको बजारमा नयाँपन सुरू गर्यो, बाँसका संरचनाहरूलाई आधुनिक युगमा स्थापित गरायो ।
बालीमा घर बनाउने ‘इबुकु’ त्यहाँको ब्रान्ड हो । मलेसिया र इन्डोनेसियामा ‘इबु’ आमा र ‘कु’ म हो । अर्थात् इबुकु भनेको ‘मेरो आमा’ हुन्छ । इबुकु समूहमा डिजाइनर, इन्जिनियर, आर्किटेक्ट, व्यवस्थापक सबै छन् ।


-
-
5 years agoभारतीय कोरियोग्राफर सरोज खानको निधन

Comments