कक्षा ११ र १२ को परीक्षा स्थगित, एसईई पनि अनिश्चित
मेरो अनलाइन
काठमाडौँ, चैत २५ गते मंगलबार । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले कक्षा ११ र १२ को परीक्षा अर्को सूचना नआएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ ।
कोभिड १९ को संक्रमण बढ्दै गरेको र बैशाख ३ गतेसम्म देशभर लकडाउन जारी रहेको अवस्थामा परीक्षा गर्न नसकिने भन्दै हाललाई परीक्षा स्थगन गर्ने निर्णय बोर्डले गरेको हो । साथै लकडाउनकै कारण एसईईको परीक्षा पनि स्थगित भएको छ ।
अब कक्षा १०, ११ र १२ को वार्षिक परीक्षाको नयाँ तालिका लकडाउन खुलेपछि सार्वजनिक गरिने भएको छ । परीक्षाको नयाँ तालिका अवस्थामा सुधार भएलगत्तै सार्वजनिक गरिने बोर्डद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गतेबाट र ११ को परीक्षा बैशाख २१ गतेबाट सुरु गर्ने कार्यतालिका थियो। कोरोना संक्रमण जोखिमकै कारण माध्यमिक शिक्षा परीक्षा (एसईई)पनि अन्तिम समयमा स्थगित गरेको थियो ।

Comments