# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
नेपालमा आज फेरि थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सबैभन्दा धेरै बाँकेको नरैनापुरका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बाँकेमा २७ जना, बैतडीमा ४ जना, बर्दियामा १ जना, झापामा १ जना र सुर्खेतमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।
बाँकेका संक्रमित सबै नरैनापुर गाउँपालिका हुन् । बैतडीको शिवनाथ गाउँपालिकामा, बर्दियाको बढैयाताल गाउँपालिकामा १ जना, झापाको झापा गाउँपालिकामा १ जना संक्रमित भेटिएका हुन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ ।
Featured News

Comments