# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्ने बताएका छन्।
महिला उद्यमी महासंघले शुक्रबार ललितपुरमा आयोजना गरेको अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले समृद्धिका लागि सँगै काम गरेर सफलता हासिल गर्नुपर्ने बताए।
सरकारले युवा र महिला उद्यमशीलतालाई उच्च महत्वका साथ हेरेको उनको भनाइ थियो। प्रधानमन्त्री ओलीले महिलाको सशक्तीकरणका लागि संविधान र व्यवहारमा व्यवस्था गर्दै आएको जिकिर गरे। त्यसैका लागि तीनै तहमा कम्तीमा ३३ प्रतिशत जनप्रतिनिधि सुनिश्चित गरेको उनको भनाइ छ।

Comments