Loading...
Logo
Image

रामकुमारी झाँक्रीको पार्टी अध्यक्ष माधवकुमार नेपाललक्षित कडा अभिव्यक्ति,‘अर्ली महाधिवेशन’ को माग

नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपाललक्षित कडा अभिव्यक्ति दिएकी छिन् । 

नेकपा एससम्बद्ध युवा संघ नेपालको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्दै उनले शनिबार पार्टीलाई अब पुनर्गठन गर्नुपर्ने बताएकी थिइन् । यसका लागि ‘अर्ली महाधिवेशन’ को माग समेत राखिन् । अख्तियारले पतञ्जलि जग्गा प्रकरणमा मुद्दा दायर गरेपछि नेपालले अध्यक्ष र संसदीय दलको नेतासमेत नछाडेको प्रति उनको आक्रोश थियो । 

नेतृ झाँक्रीले  भनिन्,‘सबैलाई थाहा छ, पार्टीमा संकट छ । अध्यक्षकै बारेमा संकट आयो । अब के गर्ने ?,अब पार्टी पुनर्गठन गरेर अगाडि बढ्ने हो । संकट आयो भनेर भाग्ने होइन । अर्ली महाधिवेशन गरौँ ।’

अध्यक्ष नेपाललाई सिनोसँग तुलना गर्दै उनले प्रश्न गरिन्,  ‘अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन । हामी सुध्रिने हो भने नयाँ ढंगले जानुपर्दैन ?’

नेतृ झाँक्रीको यो अभिव्यक्तिले अहिले नेकपा एसभित्र खैलाबैला मच्चिएको छ । 

Comments