- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपाललक्षित कडा अभिव्यक्ति दिएकी छिन् ।
नेकपा एससम्बद्ध युवा संघ नेपालको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्दै उनले शनिबार पार्टीलाई अब पुनर्गठन गर्नुपर्ने बताएकी थिइन् । यसका लागि ‘अर्ली महाधिवेशन’ को माग समेत राखिन् । अख्तियारले पतञ्जलि जग्गा प्रकरणमा मुद्दा दायर गरेपछि नेपालले अध्यक्ष र संसदीय दलको नेतासमेत नछाडेको प्रति उनको आक्रोश थियो ।
नेतृ झाँक्रीले भनिन्,‘सबैलाई थाहा छ, पार्टीमा संकट छ । अध्यक्षकै बारेमा संकट आयो । अब के गर्ने ?,अब पार्टी पुनर्गठन गरेर अगाडि बढ्ने हो । संकट आयो भनेर भाग्ने होइन । अर्ली महाधिवेशन गरौँ ।’
अध्यक्ष नेपाललाई सिनोसँग तुलना गर्दै उनले प्रश्न गरिन्, ‘अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन । हामी सुध्रिने हो भने नयाँ ढंगले जानुपर्दैन ?’
नेतृ झाँक्रीको यो अभिव्यक्तिले अहिले नेकपा एसभित्र खैलाबैला मच्चिएको छ ।

Comments