- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
कोरोना भाइरसको माहामारी नेपालमा मात्र नभएर विश्वमा नैै तीव्र गतिमा फैलिइरहेको छ । संसार लकडाउनमा अड्किएको छ । अर्थतन्त्र चलायमान राख्न ठूला राष्ट्र अनेक कसरतमा लागिपरिरहेका छन् तर कोही सफल भने हुन सकेका छैनन् ।
कोरोनाको कहरले ठूला-साना अर्थतन्त्र भएका मुलकलाई एकै स्थानमा उभ्याएको छ । चाहे विकसित देश होस् वा अविकसित, अहिले सबैलाई एउटै चिन्ताले सताएको छ, त्यो हो- कोरोनाले भविष्यमा पर्ने आर्थिक सङ्कट । यसले भोकमरी नउब्जेला भन्न नसकिनेे विश्लेषकहरूले बताइरहेेेेका छन् ।
सामान्य दिनमा तिनै गरिब कर्मचारीहरूकै परिश्रमबाट धनी भएका उद्योगी, व्यापारीहरू कसरी गरिरहेका छन् त आफ्ना कर्मचारी र देशलाई सहयोग ?
सुरुमा कुरा गरौँ नेपालको ।
नेपालमा अहिले उद्योगीले आत्महत्या गर्नुपर्ने स्थिति सिर्जना भयो भनेर सरकारसँग राहतका लागि हार गुहार गरिरहेका छन् ।
अर्बौंं रुपैयाँ घाटा सहन नसक्ने भन्दै एक प्रकारको दबाब नै सिर्जना गरिरहेका छन्- राहत पाउन र कर्मचारीलाई पारिश्रमिक नदिन ।
सामान्य दिनमा खर्बौंं रुपैयाँ नाफा गर्ने ठूला उद्योगीहरू सङ्कट आएसँगै आफ्नो बचाउमा लागेका छन् तर भोकमरीमा लपेटिन सक्ने जनतालाई बचाउन अहिले ठूला घरानाका व्यापारी र ठूला विजनेसम्यानहरू अगाडि सरेका देखिँदैन ।
नेपालमा अहिलेसम्म कोरोनाबाट सम्भावित जोखिम न्यूनीकरणमा सबैभन्दा धेरै एमआईटी ग्रुपले ३ करोड रुपैैैैयाँ नगद दान गरेको छ । यो नै नेपालमा अहिलेसम्मको सहयोगको सबैभन्दा ठूलो रकम हो ।
अर्बपति विनोद चौधरीले १ करोड रुपैयाँ बराबरको सामान र रकम दान गरेका छन् । त्यस्तै, भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङले पनि १ करोड रुपैयाँ सहयोग गरिसकेका छन् । त्यसो त नेपाल उद्योग वाणिज्य महासंघले पनि ५० लाख रुपैयाँ रकम सहयोग गरेको छ ।
यीबाहेक सर्यौँको संख्यामा उद्योगपतिहरू छन्, जो खर्बौंं रुपैयाँ आयआर्जन गर्छन् । तर, अरू उद्योगपतिहरूले खासै सहयोग गरेको पाइँदैन ।
यी त भए नेपाली दानवीर उद्योगीहरू । अब हेरौँ विश्वमा कुनकुन दानवीर उद्योगीहरूले कति रकम दान गरे त कोरोनासँँग लड्न ?
सबैभन्दा पहिले छिमकी देश भारतकै कुरा गरौँ । भारतमा सबैभन्दा धेरै उद्योगी अजीव प्रमजीले १३ करोड २० लाख भारतीय रुपैयाँ सहयोग गरेका छन् ।
त्यस्तै, ट्विटरका सीईओ ज्याक डोर्सीले पनि कोरोनाबाट लड्न १ अर्ब अमेरिकी डलर दान गरेका छन् । उनीसँगै अर्बपति विल गेट्सले २५ करोड ५० लाख, व्यवसायी जोर्ज सारोजले १३ करोड, डेल कम्पनीका मालिक माइकल डेलले १० करोड, अमेजनका मालिक जेफ बेजोसले १० करोड, एन्ड्री फरेन्सले १० करोड अमेरिकी डलर सहयोग गरेका छन् ।


Comments